रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
४६ पटक हेरिएको
Shares
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

सारांश

  • एजेन्सी ।
  • विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ ।
  •  लिड्सस्थित हेडिङ्ले मैदानमा श्रीलंकाले दिएको २६५ रनको लक्ष्य भारतले ४३.

एजेन्सी । विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । लिड्सस्थित हेडिङ्ले मैदानमा श्रीलंकाले दिएको २६५ रनको लक्ष्य भारतले ४३.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे । रोहितले १ सय ३ रनको शतकिय ईनिङ्स खेल्दा के एल राहुलले १ सय ११ रन बनाए ।

यस्तै कप्तान विराट कोहली ३४ रनमा नटआउट रहे  l श्रीलंकाका लाथिस मालिङ्गा, कासुन राजिथा र इसुरु उडानाले समान एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धा्रित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । १२ ओभरमा ४ विकेट गुमाएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र लहिरु थिरिमानेले १ सय १२४ रनको साझेदारी गर्दै

श्रीलंकाको सम्मानजनक स्थितिमा पुर्याएका थिए । श्रीलंकाका म्याथ्युजले सर्वा्धिक १ सय १३ रनको शतकीय इनिङ्स खेले । थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय सिल्भाले २९ रनको योगदान गरे । भारतका जस्प्रित बुम्राहले ३ विकेट लिए। भारतले ९ खेलबाट १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंका ८ अंक सहित प्रतियोगिताबाट बाहिरिएको छ ।

यो पनि पढ्नुस्
खेर गयो वार्नरको सतक, दक्षिण अफ्रिका १० रनले विजयी
एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ।म्यानचेस्टरमा शनिबार रति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो ।

ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा अलआउट हुँदै ३१५ रनमा समेटियो ।अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र २ छक्कासहित १२२ रन बनाए । यस्तै एलेक्स केरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । यस्तै एडिले लक्की र ड्वाने प्रिटोरिउसले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३२५ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले शतकीय इनिङ्स खेलेका थिए । उनले १०० रन बनाएका थिए ।

यस्तै भान डेर डुसेनले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लायनले २र२ विकेट लिए । यो हारसंगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । अष्ट्रेलियाले ९ खेलबाट १४ अंक जोड्यो । १५ अंक जोडेको भारत शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
” निजीकरणको नाममा ३८ उद्योग धराशायी” अध्यक्ष ओली
” निजीकरणको नाममा ३८ उद्योग धराशायी” अध्यक्ष ओली
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल
रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
माघ २० गते सोमबारको राशिफल यस्तो छ
माघ २० गते सोमबारको राशिफल यस्तो छ
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
हिमाल सुरक्षा परिषदद्धारा नेपालमा सशस्त्र यु-द्धको घोषणा ! (विज्ञप्तीसहित)
हिमाल सुरक्षा परिषदद्धारा नेपालमा सशस्त्र यु-द्धको घोषणा ! (विज्ञप्तीसहित)