ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम

सारांश

  • उदय जीएम काठमाडौं, ३१ साउन ।
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा गम्भीर तथा सिकिस्त विरामीहरुबाट हेलिकोप्टर नउडाएरै लाखौं रकम असुल गर्ने र सेवाग्राहीहरुको जीवनमाथि नै खेलवाड गर्ने गरेको तथ्य खुलेको छ ।
  • पछिल्लोपटक दाङकी रुद्रा पुनका लागि हेलिकोप्टर मगाउन ४ लाख ५० हजार पठाइएकोमा हेलिकोप्टर नउडाएरै १ लाख ८० हजार असुल गरिएको छ भने रुद्रा पुनको जीवनमाथि खेलवाड गरिएको छ ।

उदय जीएम

काठमाडौं, ३१ साउन । ग्राण्डी इन्टरनेशनल हस्पिटलमा गम्भीर तथा सिकिस्त विरामीहरुबाट हेलिकोप्टर नउडाएरै लाखौं रकम असुल गर्ने र सेवाग्राहीहरुको जीवनमाथि नै खेलवाड गर्ने गरेको तथ्य खुलेको छ । पछिल्लोपटक दाङकी रुद्रा पुनका लागि हेलिकोप्टर मगाउन ४ लाख ५० हजार पठाइएकोमा हेलिकोप्टर नउडाएरै १ लाख ८० हजार असुल गरिएको छ भने रुद्रा पुनको जीवनमाथि खेलवाड गरिएको छ ।

साउन १३ गते बिहान करीव ११.४५ बजेतिर भूमे– ९ रुकुम घर भई हाल घोराही उपमहानगरपालिका मिलनचोकमा बस्दै आएकी ५६ वर्षीया रुद्रा पुनलाई एक्कासी हृदयघात भएको थियो । उपचारका लागि स्थानीय अस्पतालमा पुराएपछि अस्पतालले रुद्राको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेकाले उपचार असम्भव भएको र भारतको लखनौं वा काठमाडौं लैजान भनेको थियो । त्यसपछि आत्तिएका आफन्तजनहरुले काठमाडौंको ग्राण्डी इन्टरनेशन हस्पिटलमा सम्पर्क गरी हेलिकोप्टर चार्टर गर्नका लागि ४ लाख ५० हजार रुपैयाँ अग्रिम पठाएका थिए । ग्राण्डीबाट हेलिकोप्टर नपठाएर गम्भीर अवस्थामा रहेकी रुद्रा पुनको जीवनमाथि खेलवाड त गर्यो नै उल्टै पोखरासम्म हेलिकोप्टर उडाएको भन्दै १ लाख ८० हजार असुल गरिएको रुद्राकी भतिजा विकास पुनमगरले बताए । विकासका अनुसार उनीहरुलाई सो रकमको भ्याट बिल वा रसिद केही दिइएको छैन ।

विरामीको जीवनमाथि खेलवाड गर्नुका साथै गैरजिम्मेवारी प्रदर्शन र ठगीमात्रै होइन राजस्व छली गर्ने नियतले ४ लाख ५० हजार नगद पनि हस्पिटलको खातामा नभई व्यक्तिको नाममा पठाउन भनिएको थियो । हस्पिटलका यातायात व्यवस्थापक आशीष आनन्दले “सुरेन्द्र बुढाथोकी”को नाममा उक्त रकम पठाउन भनेका थिए र सोहीअनुसार विरामीका आफन्तले रकम पठाएका थिए ।

विकासका अनुसार यातायात व्यवस्थापक आशीष आनन्दले फोन गरी “दाङमा मौसम खराब भएकाले हेलिकप्टर पोखरामा ल्याण्ड भयो । तपाईहरु भोलिसम्म पर्खनुस् । भोलितिर मौसम मिलेमा पठाइदिन्छौं” भनेर फोन काटेका थिए । हस्पिटलका मिडिया कोअर्डिनेटर विनोद अधिकारीले हेलिकोप्टर काठमाडौंदेखि पोखरासम्म उडेकाले १ लाख ८० हजार भाडावापत काटिएको जानकारी दिएका थिए । सो रकमको रसिद आफूहरुसँग भएको दावी पनि उनले गरेका थिए । अधिकारीले डा. अजयसिंह थापाको नेतृत्वमा मेडिकल टिम हेलिकोप्टरमा उडेको तर मौसम खराव भएर पोखरामा ल्याण्डिङ भएको दावी गरेका थिए ।

यद्यपि, मिडिया कोअर्डिनेटर अधिकारीको दावी पनि झुठो सावित भएको छ । एटीसी पोखराको सूत्रका अनुसार साउन १३ र १४ गते डाइनेष्टिक हेलिकोप्टर पोखरामा अवतरण भएकै छैन । हस्पिटल सम्बद्ध व्यक्तिहरले साउन १३ गते दाङको मौसम खराब भएका कारण पोखरामा ल्याण्ड भएको र हेलिकोप्टर रातभर पोखरामै रहेको दावी गरेका थिए । एटीसी पोखराको सूत्रका अनुसार एयर डाइनेष्टिकको हेलिकोप्टर साउन १३ र १४ गते पोखरामा अवतरण भएकै छैन । बरु, एयर डाइनेष्टिकको हेलिकोप्टर काठमाडौं–पोखरा–बागलुङका लागि उडान भरेको एटीसी पोखराले जनाएको छ ।

यता, रुद्रा पुनका आफन्तहरुले भने आत्तिएर विरामीलाई साउन १३ गते बेलुकी नै दाङबाट एम्बुलेन्समा हिडाएर १४ गते बिहान काठमाडौं ल्याइपुराएका थिए । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा ५ दिनसम्म सघन उपचारकक्षमा उपचार गरेपछि रुद्रा पुनको स्वास्थ्यस्थितिमा निकै सुधार आइसकेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bibek Magar

    Aba yaslai ke karbahi hunxa ta!?

    Comment Author

    Man Bahadur Lama

    Yo thugharulai jail ma kochnu par6.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?