नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नेपाल भ्रमण वर्ष नजिकिदै, २० लाख पर्यटक आउने आधार के ?

सारांश

  • काठमाण्डौ ।
  • नेपाल भ्रमण बर्ष २०२० सुरु हुन १३ दिन मात्रै बाँकी छ ।
  • सरकारले तयारी कम गरे पनि लक्ष्य भने महत्वाकांक्षी राखेको छ ।

काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन १३ दिन मात्रै बाँकी छ । सरकारले तयारी कम गरे पनि लक्ष्य भने महत्वाकांक्षी राखेको छ । सरकारलाई २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई भेट्न दैनिक साढे पाँच हजार पर्यटक नेपाल भित्र्याउनु पर्नेछ । तर काठमाडौंको सरसफाई देखि पुर्वधारको सुधार भने खासै देखिदैन ।

सरकार सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा छ । सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी योजना पनि राखेको छ । तर लक्ष्यलाई भेट्न दैनिक साढे ५ हजारदेखि ६ हजारको हाराहारीमा पर्यटक नेपालमा आउनुपर्ने हुन्छ । अहिले दैनिक औसतमा तीन हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल आउने गरेका छन् । यो संख्यालाई झण्डै दोब्बर बनाउनुपर्ने हुन्छ । तर पर्यटकको पहिलो पाइला पर्ने काठमाण्डौ नै नेपाल भ्रमण वर्षका लागि तयारी अवस्थामा देखिदैन ।

पूर्वाधार अभावका कारण पर्यटन वर्ष सफल नहुने आशंका छ । सरकारले भ्रमण बर्षलाई सफल बनाउन बाह्रैमास पर्यटक ल्याउने गरी योजना बनाउनुपर्छ । यस्तै, २४ सै घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल संचालन गर्नेपर्ने र अन्य पर्यटन पूर्वाधारमा ध्यान दिन आवश्यक छ । विगतमा नेपालमा पर्वतीय गन्तब्य र साहसिक गतिविधिका लागि मात्रै पर्यटक आउने गरेकोमा अब कला संस्कृतिका क्षेत्रलाई पनि उजागर गर्न सरकारले नयाँ अभ्यास थाल्न आवश्यक छ ।

निजी क्षेत्रका पर्यटन व्यवसायीले पनि सरकारको तयारीप्रति सन्तुष्टी जनाउन सकेका छैनन् । यद्यपी सरकारलाई निरन्तर दबाब दिएपछि आशालाग्दो अवस्था सृजना हुँदै गएको पर्यटन व्यवसायी बताउँछन् । नेपाल भ्रमण वर्षलाई लक्षित गरी चार वटा ट्रेकिङ पिक अर्थात पदयात्राका लागि ४ वटा गन्तव्य प्राथमिकतामा राखिएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउँछन् ।

२० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भएपनि कुन देशबाट कति पर्यटक आउँछन भन्ने एकिन अनुमान भने सरकारसँग छैन् । नेपालमा आर्थिक बर्ष २०७५–७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । गत आर्थिक बर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ । तर, २०२० मा २० लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्यअनुसार तयारी भएको देखिदैन ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला
प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
आज सुन कतिमा कारोबार हुँदैछ ?
आज सुन कतिमा कारोबार हुँदैछ ?
विपद् प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔं: प्रधानमन्त्री
विपद् प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔं: प्रधानमन्त्री
६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

तपाईंले छुटाउनुभयो कि?