चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् ।
  •  सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन् ।
  • राष्ट्रपति भण्डारीकै मैंत्रीपूर्ण निमन्त्रणामा सी नेपाल आउन लागेकाले भण्डारीले नै स्वागत गर्ने बास्कोटाको तर्क छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीकै मैंत्रीपूर्ण निमन्त्रणामा सी नेपाल आउन लागेकाले भण्डारीले नै स्वागत गर्ने बास्कोटाको तर्क छ । बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिले स्वागत गर्ने विषयलाई बहसका विषय बनाउन आवश्यक नरहेको पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताए । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि संचारमन्त्री बास्कोटाको भनाई छ ।

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । २. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक वर्ष ०७६÷७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ । ४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ । ६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?