पूर्व–पश्चिम रेल १० प्याकेजमा काम हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२९ पटक हेरिएको
Shares
पूर्व–पश्चिम रेल १० प्याकेजमा काम हुँदै

सारांश

  • काठमाडौँ, २ पुस ।
  • रेल विभागले तीन वटा लिंक लाइनसहित पूर्व–पश्चिम १ हजार ३।
  • ८ किलोमिटर विद्युतीय रेलमार्ग १० वटा प्याकेजमा बाँडेर निर्माण काम सुरु गरेको छ ।

काठमाडौँ, २ पुस । रेल विभागले तीन वटा लिंक लाइनसहित पूर्व–पश्चिम १ हजार ३।८ किलोमिटर विद्युतीय रेलमार्ग १० वटा प्याकेजमा बाँडेर निर्माण काम सुरु गरेको छ । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९ सय २४।८ किमि र सुनसरीको खनारदेखि विराटनगर, बुटवलदेखि लुम्बिनी र कोहलपुरदेखि नेपालगन्जसम्म तीन वटा लिंक लाइन ७९ किमि रेलमार्ग निर्माण थालेको हो ।

बथनाहा–कटहरी रेलमार्गमा लिकको भार परीक्षण गर्न विराटनगरमा ल्याइएको रेलको इन्जिन ।फाइल तस्बिर स् कान्तिपुर
विभागका इन्जिनियर सुमोद पोखरेलले रेलमार्ग निर्माणका लागि चालु आर्थिक वर्षको मंसिरको मूल्यांकनको आधारमा १० खर्ब ७४ अर्ब २७ करोड १४ लाख ९४ हजार रुपैयाँ अर्थ मन्त्रालयमा माग गरेको बताए । विभागले सरकारी लगानीमा बर्दिबास–निजगढ खण्डको ७० किमि रेलमार्गको ट्र्याक निर्माण सुरु गरेको छ । ‘वर्दिबास–निजगढ खण्डको ३० किमि ट्र्याक निर्माण पूरा भइसकेको छ त्यसमाथि अब लिक ओछ्याउन मात्रै बाँकी छ,’ उनले भने, ‘बाँकी ४० किमि खण्डमा पुल निर्माण र ट्र्याक निर्माणको काम भइरहेको छ ।’ इनरुवा–काँकडभिट्टासम्म १ सय २६।७ किलोमिटर, इनर्वा–बर्दिबास १ सय ३९।४ किमि, बर्दिबास–निजगढ ७० किमि, निजगढ–अमरपुरी १ सय ३६।४, अमरपुरी–तमसरियासम्म २१।२, तमसरिया–बुटबलसम्म १ सय ७।८ किमिको विस्तृत अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृत गरिसकेको इन्जिनियर पोखरेलले बताए । ‘सात वर्षदेखि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्दै मन्त्रालयमा बुझाउने काम भएको छ,’ उनले भने, ‘बुटबल–गड्डाचौकीसम्म ४ सय २।१ किमिको गत असारमा विस्तृत अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।’ बुटबलदेखि गड्डाचौकीसम्ममा बुटबल–लमही १ सय ५।९, लमही–कोहलपुर १ सय १३।७, कोहलपुर–सुक्खड ९३।४ र सुक्खड–गड्डाचौकी ८९।०८ किमि गरी चार खण्ड छ ।

काम सुरु हुन बाँकी रहेका खण्डहरूमध्ये इनर्वा–बर्दिबास, निजगढ–अमरपुरी, बुटबलदेखि गड्डाचौकीसम्म चार वटै खण्डको वातावरणीय प्रभाव मूल्यांकन हुन बाँकी छ । अमरपुरी–तमसरिया र तमसरिया–बुटबल खण्डको वातावरण प्रभाव मूल्यांकन भइसकेको छ । सरकारले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि लगानी जुटाउने प्रयास भइरहेको रेल विभागले जनाएको छ । कुन मोडलमा र पूर्वबाट वा पश्चिमबाट निर्माण गर्नेबारे सरकारले छलफल गरिरहेको छ ।

इटहरी–विराटनगर लिंक लाइन
रेल विभागले प्रदेश १ स्थित इनरुवा–काँकडभिट्टा र इटहरी–विराटनगर लिंक लाइन रेलमार्गको वातावरणीय प्रभाव मूल्यांकनको विषयमा आइतबार विराटनगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । दोहा इन्जिनियरिङ जेभी कोरिया रेल नेटवर्क अथोरिटी सोसुङ र सिल्ट कन्सल्ट प्रालि र ईआरएमसी र मेटेरियल टेस्ट काठमाडौंले तयार गरेको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ भएको हो । इनरुवादेखि काँकडभिट्टासम्म १ सय २६ दशमलव ७६३ किलोमिटर र इटहरीको खनारदेखि विराटनगरको बुधनगरसम्म २० दशमलव १६ किलोमिटर लिंक लाइन रेलमार्ग निर्माणका लागि ६ सय ३५ दशमलव ७७ हेक्टर जग्गा आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ ।
पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिण रेलमार्गको प्रस्ताव गरिएको छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
What Is The Interracial Courting Scene Like In Nyc Today? Peru
अाफ्नै बावुद्वारा छाेराकाे हत्या !
अाफ्नै बावुद्वारा छाेराकाे हत्या !
सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन
सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
बालुवाटार जग्गा प्रकरणमा सय जनामाथि अनुसन्धान हुँदै
बालुवाटार जग्गा प्रकरणमा सय जनामाथि अनुसन्धान हुँदै
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
गृहमन्त्री बादलले भनेका सुनकाण्डमा मुछिएका उच्च तहका व्यक्ति को होलान्!

तपाईंले छुटाउनुभयो कि?