उखुबारीको बाटो हिड्दा झस्किन्छन् निर्मलाका साथीहरु
सारांश
- निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो ।
- घटनापछि उनका सहपाठीसमेत भयभीत छन् ।
- कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् ।
निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन ।
भीदत्त नगरपालिका-२ उल्टाखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।
हामी सानैदेखि संगै पढ्थ्यौँ, सँगै खेल्थ्यौँ, ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँजस्तो लाग्छ ।, जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् ।
कक्षाकोठा अगाडी निर्मलाले बनाएको केहि चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाई छ ।
कतिपय विद्यार्थी शव भेटिएको उखुबारी छेउको बाटो हिड्नै डराउँछन् । त्यहाँ पुग्नेवित्तिकै झसंग भइन्छ, भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, एक्लै आउन डर लागेर साथही समुहमा मात्रै आउँछौँ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया