विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी

सारांश

  • विश्वकै धनीमध्येका एक उद्योगपछि विनोद चौधरी अन्तराष्ट्रियस्तरमा चिनिएका व्यक्ति हुन् ।
  • चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् ।
  • उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन् ।

विश्वकै धनीमध्येका एक उद्योगपछि विनोद चौधरी अन्तराष्ट्रियस्तरमा चिनिएका व्यक्ति हुन् । चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् । उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन् । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी विश्वभरका धनाढ्यको सूचीमा १ हजार ३ सय ४९ औं स्थानमा छन् ।

यो चाँही उनको व्यवसायिक पाटो भयो । तर उद्योगि मात्र नभै उनी राजनीतिज्ञ पनि हुन् ।

२०७४ साल कात्तिकमा उद्योगपति चौधरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएर प्रतिनिधिसभामा प्रवेश गराएको थियो ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई समानुपातिक सभासद बनाएको थियो । २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो । तर, उम्मेद्वारी भने दिएनन् । पुनः २०७४ को चुनाव अघि कांग्रेस प्रवेश गरेर उनी सांसद बन्न सफल भएका हुन् ।

उनै चौधरीलाई पार्टीमा पनि प्रभावकारी भूमिका दिने विषयमा छलफल सुरु भएको छ । चौधरीको विषयमा कांग्रेसका नेताहरुले अनौपचारिक छलफल गरिरहेको महामन्त्री डा. शशांक कोइरालाले बताएका हुन् । सहमहामन्त्री डा. प्रकासशरण महतले पनि चौधरीलाई पार्टीमा थप भूमिका दिने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

राजनीतिक र व्यवसायिक रुपमा चौधरीको भारतसँग नजिकको सम्बन्ध छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत चौधरीको नजिकको सम्बन्ध रहेको बेलाबेलामा चर्चा हुने गरेको छ ।

चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?