नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया

सारांश

  • जलेश्वर, ७ पुस स् नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
  • यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो ।
  • सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा सृजन मल्लले बताए।

जलेश्वर, ७ पुस स् नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो ।

सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा सृजन मल्लले बताए। शिविरमा १७८ जटिल, ४७ मध्यम र १०४ वटा साधारण शल्यक्रिया गरिएको डा मल्लले बताए ।

त्यस्तै सो शिविरमा करिब २२ हजार बिरामीको उपचार र औषधि वितरणसमेत गरिएको जनाइएको छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?