बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा

सारांश

  • मकवानपुर।
  • बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
  • सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मकवानपुर। बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए।

बैठकले तीन वटा मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।

त्यस्तै, प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजना-सञ्चालनका लागि म्याचिङ्ग फण्डको सुनिश्चितता गरि नेपाल सरकार, एशियाली बिकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
देशका ४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?
नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !