दलहरुले गरेको फोहोर दुई पत्रकार मिलेर सफा गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
दलहरुले गरेको फोहोर दुई पत्रकार मिलेर सफा गर्दै

सारांश

  • दोलखा, पुस २७ ।
  • दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् ।
  • नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् ।

दोलखा, पुस २७ । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् ।

उनीहरुले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर देखिएका ससाना फोहरसमेत टिपेर फाल्न शुरु गरेका छन् । राजनीतिक दलले चुनाव सकिएपछि पनि ती सामग्री नझिकेपछि अहिले ती झण्डा र ब्यानर धुलो जमेर फोहरमा परिणत भएका छन् ।

तिनै फोहरले गर्दा बजारमा फोहर देखिएको भन्दै सदरमुकाम चरिकोट र आफ्नो टोललाई प्रत्येक दिन सरसफाइ गरेर लैजाने बताएका छन् । पत्रकार खतिवडाले आफूहरुले शुरु गरेमात्रै अरुलाई भन्न सुहाउने भन्दै बजारभित्र टाँगिएका ब्यानर र झण्डा निकालेर फालिदिएका छन् । खतिवडा आफैँ भर्‍याङ लिएर पोल चढेर पोलबाट झण्डा, ब्यानर निकालिरहेका छन् भने मास्केले भर्‍याङ समातेर र फोहर टिपेर सहयोग गरिरहेका छन् ।

यो अभियानमा उनीहरुले चरिकोटवासीलाई पनि सामेल गरिरहेका छन् । यसलाई चरिकोटवासीले खुलेरै प्रसंसा गरेका छन् । खतिवडा नागरिक दैनिकमा कार्यरत छन् भने मास्के नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन् ।

बजार सफा र स्वच्छ राख्न बजारवासीलाई सहयोग गर्न दुवै पत्रकारले अनुरोध गर्दै आफ्नो टोलमा प्रत्येक शनिबार सरसफाइ गर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
मतदानपछि प्रचण्डले भने-आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन
मतदानपछि प्रचण्डले भने-आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट
करिव डेढ लाख गाई मारिँदै !
करिव डेढ लाख गाई मारिँदै !
आजदेखि २० वर्ष पूराना गाडी चलाएमा लिलाम
आजदेखि २० वर्ष पूराना गाडी चलाएमा लिलाम