कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र

सारांश

  • काठमाडौँ, १० पुस ।
  • तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ ।
  • रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

काठमाडौँ, १० पुस । तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री, जसलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो । फरार रहेकामध्ये युको राहदानी सन् २०१८ सेप्टेम्बर १७ तारिख र जहाङको २०१९ अप्रिल १७ तारिखमा जारी भएको हो । चीन सरकारकै अनुरोधमा नेपालमा बसेका अन्य १ सय २२ चिनियाँलाई गत सोमबार प्रहरीले पक्राउ गरिसकेको छ । चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै छ । चिनियाँ दूतावासले पठाएको पत्र परराष्ट्र, गृह मन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी प्रधान कार्यालय पठाइएको थियो । त्यसको जानकारी अध्यागमन विभागलाई पनि दिइएको छ । अध्यागमन विभाग स्रोतले उनीहरू कहिले नेपाल आएको भन्ने विवरण दिन चाहेन । रेड नोटिसधारी विदेशी नेपालको अध्यागमन कानुन छलेर कसरी भित्रिए भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट गत सोमबार पक्राउ गरिएका १ सय २२ चिनियाँहरूका साथबाट ७ सय ४७ वटा मोबाइल सेट र ३ सय ३१ वटा ल्यापटप नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सार्वजनिक गरेको छ । ब्युरोद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी नीरज शाहीले ९८ वटा कम्प्युटरका सीपीयू, ९९ वटा मनिटर, ५२ वटा पेनड्राइभ, ३ सय २७ वटा सिमकार्ड र ४८ हजार ८ सय ५० रुपैयाँ बराबरका रिचार्जकार्ड बरामद भएको बताए । प्रहरीले १ सय २२ जनालाई पक्राउ गरे पनि ६७ जनाको मात्रै राहदानी फेला परेको छ । पक्राउ परेमध्येका ३८ जना मात्रै राहदानीवाहक चिनियाँ रहेको पाइएको छ । पक्राउ परेका सबैविरुद्ध अभद्र व्यवहारको आरोपमा पाँच दिन थुनामा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

प्रहरीले सोमबार मनमैंजु, बाँसबारी र बूढानीलकण्ठस्थित १० वटा घरमा एकैपटक छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौं प्रहरी परिसर टेकु र महाराजगन्ज, बालाजु, सोह्रखुट्टे र दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको छ । ब्युरोका डीआईजी शाहीका अनुसार अधिकांश पर्यटक भिसामा दुई महिनाअघि नेपाल आएको पनि पाइएको छ । पर्यटक भएर आउने विदेशी सुरुमा १ सय ५० दिनसम्म र पहिलो म्याद सकिएपछि भिसा अवधि नवीकरण गरेर बस्न पाउँछन् । पर्यटक भिसामा आएर काम गरेको पाइए उनीहरूलाई ५० हजारसम्म जरिवाना असुलेर देश निकाला गर्न सकिने प्रावधान अध्यागमन कानुनमा छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Here are some interesting facts about ‘Race 3’ actress, Daisy Shah!
Here are some interesting facts about ‘Race 3’ actress, Daisy Shah!
धनकुटामा ८ मतदान केन्द्र अति संवेदनशिल
धनकुटामा ८ मतदान केन्द्र अति संवेदनशिल
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’
तिब्बतको व्यापार ठप्प
तिब्बतको व्यापार ठप्प
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, आगो सल्किएपछि पुर्याइयो अस्पताल
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द
विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

तपाईंले छुटाउनुभयो कि?