पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३२ पटक हेरिएको
Shares
पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान

सारांश

  • काठमाडौँ ।
  • विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० को मार्च २३)को स्मरणमा हरेक वर्ष मार्च २३ का दिन नेपाललगायत विश्वभर नै विश्व मौसम दिवस मनाइँदै आएको छ ।
  • यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले मौसम तथा जलवायु क्षेत्रमा कार्य गर्ने तथा सरोकार राख्नु हुने सरोकारवालालगायत सम्पूर्ण जनसमुदायमा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ ।

काठमाडौँ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० को मार्च २३)को स्मरणमा हरेक वर्ष मार्च २३ का दिन नेपाललगायत विश्वभर नै विश्व मौसम दिवस मनाइँदै आएको छ ।

यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले मौसम तथा जलवायु क्षेत्रमा कार्य गर्ने तथा सरोकार राख्नु हुने सरोकारवालालगायत सम्पूर्ण जनसमुदायमा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ ।

यस वर्षको विश्व मौसम दिवसको नारा ‘पुस्तान्तरणमा मौसम, जलवायु र जलको भविष्य’ रहेको छ । यस नाराले अग्रज पुस्ताले १९औँ शताब्दिको अन्त्यतिर विकास गरेका टेलिग्राफ र मौसम पूर्वानुमानको उपलब्धि, मौसम विज्ञानमा आजका पुस्ताले सुपर कम्प्युटर र अन्तरिक्षा प्रविधिको विकासमा हासिल गरेका सफलता र भावी पुस्ताले हासिल गर्न सक्ने सम्भावनाको तथ्यलाई उजागर गरेको विभागले जनाएको छ ।

विश्वव्यापी भूमण्डलीय तापमानको वृद्धिले मौसम तथा जलवायु चक्रमा अस्वाभाविक परिवर्तन भइरहेका छन् । जसको फलस्वरुप, मौसम र जलवायुको विषम अवस्थामा आएको बढोत्तरीले बहु–प्रकोपमा वृद्धि भइरहेको विभागका प्रवक्ता सुमन कुमार रेग्मीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मौसम तथा जलवायुको सम्भावित अवस्थाको पूर्वानुमान वा आँकलन गरी पूर्व चेतावनीको माध्यमबाट जीवनलाई सुरक्षित बनाउन गणितीय पूर्वानुमान लगायतका प्रविधिमा आएको सुधार तथा यसको उच्चतम् प्रयोग उल्लेख्य रुपमा वृद्धि भए पनि विश्वका अगाडि चुनौती अझै विद्यमान रहेको बताइएको छ ।

“विश्वमा आजका दिनसम्म भइरहेका हरितगृह ग्यास उत्सर्जन र विश्वव्यापी उष्णिकरणसम्बन्धी अध्ययन अनुसन्धानले भविष्यमासमेत मौसम, जलवायु तथा जलको अवस्था सुखद देखाएको छैन् । तथापि बिग्रदो मौसम र जलवायुको अवस्थालाई यथास्थितिमा राख्ने वा यसलाई नियन्त्रित गर्दै एउटा निश्चित सीमामा सीमित गर्ने भन्ने कुरा वर्तमान तथा भावी पुस्ताको हातमा निर्भर छ”, विज्ञप्तिमा उल्लेख छ ।

मौसम, जलवायु र जलको कुनै भौगोलिक सीमा र बन्धन नहुने उल्लेख गर्दै विभागले आगामी दिनमा विश्व समुदाय एक आपसमा हातेमालो गर्दै निर्धारित गन्तव्यमा पुग्न सकिएन भने भावी पुस्ताको जीवन अझ कष्टकर र सङ्कटपूर्ण हुने भएकोले यस पृथ्वीलाई सुरक्षित वासस्थानको रुपमा भावी पुस्ताको लागि जोगाउन आह्वान गरेको छ ।

यसै तथ्यलाई आत्मसाथ गर्दै चुनौतीलाई अवसरका रुपमा बदलेर मौसम, जलवायु र जलको मापन, पूर्वानुमान तथा पूर्व–सूचना प्रणालीको विकास र विस्तारको माध्यमबाट प्रभावकारी सेवा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँगको हातेमालोलाई विभागले उच्च प्राथमिकतामा राखेको छ ।

दिवसले आम समुदायको साथै सम्पूर्ण सरोकारवालामा भविष्यमा हुनसक्ने सम्भावित जोखिमबारे ध्यानाकर्षण गर्दै सबैमा सचेतना जगाउने अपेक्षा गरिएको छ ।

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
प्रचण्ड अस्पतालमा !
प्रचण्ड अस्पतालमा !
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
अप्ठ्यारोमा प्रचण्ड
अप्ठ्यारोमा प्रचण्ड
सीमामा भारतले पानी नदिएर हाम्रा खेत बाँझै हुनुहुन्न : प्रधानमन्त्री ओली
सीमामा भारतले पानी नदिएर हाम्रा खेत बाँझै हुनुहुन्न : प्रधानमन्त्री ओली
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
यूरोपमा कोरोना महामारीको दोस्रो लहर झन् भयावह, फ्रान्स र जर्मनीद्वारा लकडाउन
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम

तपाईंले छुटाउनुभयो कि?