पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम

सारांश

  • युथ कर्पोरेसन नेपाल एण्ड जापानले डिसेम्बर २८ मा जापानको राजधानी टोकियोस्थित विश्वकै सबैभन्दा व्यस्त ट्रेन स्टेसन सिन्जुकु स्टेसनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्दै जापान लगायतका अन्य देशका नागरिकलाई नेपाल भ्रमणको निमन्त्रण दिएको छ ।
  • उक्त संस्थाल बनाएको ज्याकेटमा ले बनाएको ज्याकेटमा Visit Nepal 2020 life time experience लेखेर नेपाल र जापानको झण्डा समेत प्रिन्ट गरेको छ ।
  • विदेशी भूमिमा रहेर पनि आफ्नो देशको सरकारले गरेको राम्रो कामको सहयोग र समर्थन गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका सदस्यले बताए ।

युथ कर्पोरेसन नेपाल एण्ड जापानले डिसेम्बर २८ मा जापानको राजधानी टोकियोस्थित विश्वकै सबैभन्दा व्यस्त ट्रेन स्टेसन सिन्जुकु स्टेसनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्दै जापान लगायतका अन्य देशका नागरिकलाई नेपाल भ्रमणको निमन्त्रण दिएको छ । उक्त संस्थाल बनाएको ज्याकेटमा ले बनाएको ज्याकेटमा Visit Nepal 2020 life time experience लेखेर नेपाल र जापानको झण्डा समेत प्रिन्ट गरेको छ ।

विदेशी भूमिमा रहेर पनि आफ्नो देशको सरकारले गरेको राम्रो कामको सहयोग र समर्थन गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका सदस्यले बताए । देशको समृद्धिको लागि सहयोग गर्नु असल नागरिकको कर्तव्य भएको जापानमै रहेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिनेश ढकालको भनाई छ ।

युथ कर्पोरेसन नेपाल एण्ड जापान विदेशमै वसेर व्यवसायिक काम गर्दै स्वदेशमा रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले गठन गरिएको संस्था हो । संस्थामा जापानका विभिन्न कम्पनीमा काम गर्ने १० जाना सदस्य छन । संस्थामा कुनै पनि पद छैन सबै सदस्यको हैसियतमा छन् । सबैले एक मन भएर सकरात्मक रूपमा काम गरिरहेको कुरा संस्थाका एक सदस्य मदन चापागाईले जानकारी गराए ।

विश्वकै व्यस्त ट्रेन स्टेसनमा गरिएको कार्यक्रमम धेरै जापानीज र अन्य देशका नागरिकले ‘नेपाल भ्रमण वर्ष’ बारे निक्कै चाख लिएको संस्थाले सदस्यहरुले बताए । संस्थाका सदस्यहरुले सरकारको २० लाख विदेशी पर्यटक भित्र्याउने योजनालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?