धनकुटामा ८ मतदान केन्द्र अति संवेदनशिल

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
धनकुटामा ८ मतदान केन्द्र अति संवेदनशिल

सारांश

  • सुरक्षा चुनौतिको हिसाबले धनकुटामा ८ वटा मतदान केन्द्र अति संवेदनशिल  रहेका छन् ।
  • ती अति संवेदनशिल मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी धनप्रसाद सिवाकोटीले बताए ।
  • सुरक्षाको संवेदनशिलता भौगोलिक बनोट, यातायात, संचारको सुविधा लगायतको पहुँचको आधारमा मतदान केन्द्रको पहिचान गरिएको छ ।

सुरक्षा चुनौतिको हिसाबले धनकुटामा ८ वटा मतदान केन्द्र अति संवेदनशिल  रहेका छन् । ती अति संवेदनशिल मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी धनप्रसाद सिवाकोटीले बताए । सुरक्षाको संवेदनशिलता भौगोलिक बनोट, यातायात, संचारको सुविधा लगायतको पहुँचको आधारमा मतदान केन्द्रको पहिचान गरिएको छ । जसमा धनकुटाको क्षेत्र नम्बर १ मा ४ वटा र क्षेत्र नम्बर २ मा ४ वटा गरेर ८ वटा मतदान केन्द्र अतिसंम्बेदनशील रहेका छन् । क्षेत्र नम्बर १ मा ८३ वटा मतदान केन्द्र रहेका छन् । ती मध्ये ३८ वटा सामान्य, ४१ वटा संवेदनशिल र ४ वटा अति संवेदनशिल रहेको डिएसपी सिवाकोटीले बताए ।

त्यस्तै क्षेत्र नम्वर २ अन्र्तगत ५१ वटा मतदान केन्द्र सामान्य, १५ वटा संवेदनशिल र ४ वटा अति संवेदनशिल रहेका छन् । धनकुटामा कुल १ सय १७ वटा मतदान स्थल र १ सय ५३ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हरेक नगरपालिका तथा गाउँपालिकामा इन्सपेक्टरको कमाण्डमा दुई वटा मोवाइल टोली परिचालन गरिएको पनि प्रवक्ता सिवाकोटीले बताए ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुने धनकुटामा कुल मतदाता संख्या १ लाख ५ हजार १ सय ८८ जना छन् । जसमा महिलाको संख्या ५३ हजार २ सय ५४ र पुरुषको संख्या ५१ हजार ९ सय ३४ रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सुचना अधिकारी केशव पौडेलले बताए । धनकुटामा आगामी मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब एक हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ भने त्यसको बाहिरी घेरामा शसस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा दिनेछन् । निर्वाचनमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि परिचालन गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?