‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
५५ पटक हेरिएको
Shares
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

सारांश

  • काठमाडौं ।
  • जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ ।
  • विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए।

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए।

यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन् । कतिपयले खेत बाँझै राख्ने गरेका छन् । खेतमा कालीमार्सी धान रोप्दा रोग–कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ । उनले भने, “धानखेतीका लागि प्रशस्त पानी छ । सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन् । तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग–कीराको सङ्क्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ ।”

पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ । कालीमार्सी धानको आफ्नै पहिचान छ । तर पहिचानले खान लाउन पुग्दैन । धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको  पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाले बताए। समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिए।

कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ । किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ । किसानले उत्पादन गरेको धान बजारीकरण हुनसकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन् । यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ ।

कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ । यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम रु ५० हजारदेखि एक लाखसम्म कमाउँछन् ।

एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको  पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । यो याममा खेतमा किसानले जौं खेती गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायुसेवा निगम ; सार्वजनिक निजी साझेदारीमा लैजान सुझाव
नेपाल वायुसेवा निगम ; सार्वजनिक निजी साझेदारीमा लैजान सुझाव
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
संचारकर्मी  महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
संचारकर्मी महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?
ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन