नागार्जुनको बजेट सार्वजनिक…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३० असार ।
  • नागार्जुन नगरपालिकाले रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ ।
  • नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

काठमाडौँ, ३० असार । नागार्जुन नगरपालिकाले रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । चालू खर्च रु २१ करोड ६९ लाख ९० हजार, पूँजीगत खर्च रु २३ करोड ५३ लाख, समपूरक कोष रु चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु १५ करोड बजेट रहेको छ ।

नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता कायम हुँदै गएकाले अब विकास गर्नका लागि प्रत्येक स्थानीय तहले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “तपाईंहरु जनताको भोटबाट जितेका प्रतिनिधि हुनुहुन्छ, जनताको चाहना र भावनालाई प्राथमिकतामा राखेर काम गर्नुहोस् ।”

नेता सिंहले नगरपालिकाको विकासका लागि गुरुयोजना तयार गरेर अगाडि बढेमात्र विकास हुुने भन्दै नगरपालिका विकासकोे गुरुयोजना बनाउन आग्रह गर्नुभयो ।

सांसद ध्यानगोविन्द रञ्जितले नगरपालिकाका लागि छुट्याएको बजेट सही ठाउँमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले साउन १ गतेदेखि नै बजेट लागू हुने भन्दै विकासको काममा ढिला नगर्न आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालनका लागि नगरपालिकाको बजेटले विशेष कार्यक्रम ल्याएको बताउनुभयो । उपप्रमुख सुशीला अधिकारीले नगरपालिकालाई नमूना नगरपालिका निर्माण गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताउनुभयो । नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।

यस्तै सुशासन कायम, स्विजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण
डोनाल्ड ट्रम्प र किम जोङ उन को वार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर
डोनाल्ड ट्रम्प र किम जोङ उन को वार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर
कार्यालय उद्घाटनमा अनिल शर्माको कडा भाषण, के भने ?
कार्यालय उद्घाटनमा अनिल शर्माको कडा भाषण, के भने ?
जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो…
जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो…
जेलमा को छ महराको ‘रुममेट’ ?
जेलमा को छ महराको ‘रुममेट’ ?
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि संकटमा जोनसन सरकार
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी

तपाईंले छुटाउनुभयो कि?