कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
सारांश
- काठमाडौँ ।
- विश्वभर कोरोना भाइरसबाट संक्रमितमध्ये ४ लाख भन्दा बढी संक्रमित उपचार पछि घर फर्किएका छन् ।
- विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसको महामारीमा परी हालसम्म १७ लाख ७९ हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।
काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमितमध्ये ४ लाख भन्दा बढी संक्रमित उपचार पछि घर फर्किएका छन् ।
विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसको महामारीमा परी हालसम्म १७ लाख ७९ हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।
जसमध्ये ४ लाख २ हजार ६ सय ५९ जना सफल उपचार पछि निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म चीनमा सबैभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन् । चीनमा ८१ हजार ९ सय ५३ जना संक्रमितमध्ये ७७ हजार ५ सय २५ जना निको भएर घर फर्किएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस्तैगरी स्पेनमा १ लाख ६३ हजार २७ संक्रमित मध्ये ५९ हजार १ सय ९ जना संक्रमित उपचार पछि घर फर्किएका छन् ।
यस्तै अमेरिकामा ३०,४५३, इटलीमा ३२,५३४, फ्रान्समा २६३९१, जर्मनी ५७,४००, इरान ४१९४७, स्विट्जरल्याण्ड १२,१००, क्यानडा ६४२८, अष्ट्रियामा ६६०४ जना उपचारपछि घर फर्किएका छन् । अन्य देशको विवतरण तलको तालिकामा उल्लेख छ।
प्रतिक्रिया