कार्यालय उद्घाटनमा अनिल शर्माको कडा भाषण, के भने ?
सारांश
- काठमाडौं ।
- काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा माओवादी नेता अनिल शर्माले कार्यलयको उद्घाटन विजयीको उद्घाटन भएको बताएका छन् ।
- कार्यालय उद्घाटन समारोहमा बोल्दै नेता शर्माले यो कार्यालयको उद्घाटन, माथि कुर्सी बेन्च राखेर बस्नको लागि होइन् कि हामीले यहाँबाट विजयीको सुरुवात भइसकेको बताए ।
काठमाडौं । काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा माओवादी नेता अनिल शर्माले कार्यलयको उद्घाटन विजयीको उद्घाटन भएको बताएका छन् ।
कार्यालय उद्घाटन समारोहमा बोल्दै नेता शर्माले यो कार्यालयको उद्घाटन, माथि कुर्सी बेन्च राखेर बस्नको लागि होइन् कि हामीले यहाँबाट विजयीको सुरुवात भइसकेको बताए ।
शर्माले भने, ‘मैले यो कार्यालय उद्घाटनलाई यसरी लिएको छु, कि आज यो विदेश भासिने युवाहरुले अवसरको लागि यहाँको स्रोत साधनहरुको अनुकुलतामा प्रयोग गर्न नपाएर यहाँको अविकास र यहाँको उकुसमुकुसबाट मुक्त हुन बाहिर जाने ती सबै मान्छेहरुलाई अब उकसमुकस होइन, वातावरणले युक्त एउटा यो समाज, यो शहर, नगर बनाउने यो अभियानको उद्घाटन हो । त्यो काम बाम गठबन्धनका अगुवाहरुले र प्रतिनिधिहरुले मात्र गर्नेछन् ।’
जनताहरुलाई घात गर्ने होइन अब यो सिरानीमा बगेको रुद्रमती र बागमती जस्ता नदीहरुलाई खोलाहरुलाई आफ्नो जीवननली बनाउने उम्मेदवारहरु विजयी हुनुपर्ने उनले बताए । उनले भने, ‘त्यो जीवननली बनाउने, त्यो आफ्नो भल बनाउने, त्यो नसा बनाउने, जीवनको रक्तप्रवाह गर्ने नसा जस्तै हाम्रो यहाँको वातावरणीय प्रवाह कायम गर्न सक्ने नेता बाम उम्मेद्वारका प्रतिनिधिहरु मात्र रहेका छन् ।’
बाम उम्मेदवारका प्रतिनिधिलाई यहाँको जनताले विजयी गराउनेछन्, उनले भने, ‘नेपाली समाजमा थुप्रै समस्याहरु छन्, त्यस्ता समस्याको समाधान बाम गठबन्धनका प्रतिनिधिहरुले मात्र गर्न सक्छन् ।’
नेता शर्माले भने, ‘जहाँ आज थुप्रै युवाहरु विदेश पलायन भइरहेका छन् । यो एउटा पवित्र भूमि नेपाल हामी थुप्रैले भन्ने गर्छन्, प्राकृतिक वातावरण अनुकुल भएको ठाउँलाई छोडेर आज थुपै्र युवा, थुपै्र विद्यार्थीहरु, थुपै्र यहाँका अगुवा मान्छेहरु आज विदेश जान बाध्य छन् ।’
काठमाडौं उपत्यका जसमा काठमाडौंको क्षेत्र नं. १ जहाँ काठमाडौंको मुटु हो उनले भने, ‘यसलाई स्वच्छ र पवित्र बनाउने हाम्रो प्रतिबद्वता छ । त्यही प्रतिबद्वता जनताको बीचमा, त्यही प्रतिबद्वता मतदाताको बीचमा पुर्याउनु पहिलो काम हो ।’
प्रतिक्रिया