पाँच रुपियाँमा खाना एक रुपियाँमा बास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २२, २०७६
|
|
२० पटक हेरिएको
Shares
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास

सारांश

  • काठमाडौँ, २२ पुस ।
  • सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् ।
  • उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति एक रुपियाँ भने उठाउने गरेका छन् ।

काठमाडौँ, २२ पुस । सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् । उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति एक रुपियाँ भने उठाउने गरेका छन् ।

“मैले सित्तैमा खाना खाएको छैन र बसेको छैन भन्ने अनुभूत होस् भनेर यो रकम लिइने गरेको हो”, यो अभियान सुरु गरेका युवामध्येका एक इलामको चुलाचुली निवासी कुमार राईले बताए, ‘हामी त्यति रकम पनि नहुनेलाई निःशुल्क खाना ख्वाउँछौँ र परेकालाई होटलमा लगेर सुताउँछौँ ।” यसरी सङ्कलित रकम सहयोगस्वरूप क्यान्सरपीडितलाई प्रदान गरिने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरअगाडि स्टल बनाइएको छ । बुधबारदेखि सुरु भएको यो अभियान कम्तीमा एक महिना चल्ने जनाइएको छ । हप्तामा एक दिन शनिबार मासुभात ख्वााइने राईले बताए । शनिबार मात्रै बिहान बेलुका गरेर १५ सय जनालाई खाना पकाएर खुवाएको जानकारी उनले दिए ।

सित्तैमा भनेर कतिपयलाई यहाँ आएर खान मन भए पनि खान नआएको देखिएकाले त्यसैका लागि पाँच रुपियाँ मागिएको र यसबाट उठेको रकम दुवै मिर्गौला उपचारमा रहनुभएका इलामका शुक्रराज लिम्बूलाई प्रदान गरिने राईले बताए। लिम्बू हाल मिर्गौलाको उपचार गर्न काठमाडौँमा छन् । दाताहरूले उपलब्ध गराएको चामल, दाल, तरकारीबाट खाना खुवाउन थालिएको र केही होटलसँग समन्वय गरेर बसोबासको व्यवस्था मिलाइएको राईले बताए । यो काम देखेर स्वस्फूर्त रूपमा कसैले चामल, कसैले दाल, कसैले तरकारी र पानी ल्याई दिन थालेको र जति मानिस आए पनि खुवाउन सकिने यसको व्यवस्थापनमा जुटेका युवाले बताएका छन् ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
यस्तो छ आइतबारको विनिमय दर
यस्तो छ आइतबारको विनिमय दर
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
शिवरात्री: पशुपतिमा साधुको भीड, ६ हजार सुरक्षाकर्मी खटिने
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
प्लास्टिकजन्य फोहर बढ्यो
प्लास्टिकजन्य फोहर बढ्यो
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते
जीप दुर्घटनामा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा

तपाईंले छुटाउनुभयो कि?