मुलुकभर वर्षा, शनिबारदेखि माैसममा सुधार हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मुलुकभर वर्षा, शनिबारदेखि माैसममा सुधार हुने

सारांश

  • काठमाडौं।
  • बिहीबारदेखि  देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
  • काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ ।

काठमाडौं। बिहीबारदेखि  देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ । उपत्यकामा विहान पनि वर्षा जारी छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ। लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ। चीसोले मानिसहरु कमैमात्र घरबाट निस्किएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य तथा पूर्वी भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?