सुन र पैसाको लोभमा आमाको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०८१
|
|
४९ पटक हेरिएको
Shares
सुन र पैसाको लोभमा आमाको हत्या

सारांश

  • काभ्रे ।
  •  काभ्रेमा सुन र पैसाको लोभमा छोराले सिलौटाको लोरो प्रहार गरी आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
  • काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ भन्ज्याङ्गगाउँ स्थित ६६ बर्सिया माइली लामाको उनकै कान्छो छोरा फुर्साङ्ग लामाले सुन र पैसाको लोभमा छोराले सिलौटाको लोरो प्रहार गरी हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

काभ्रे । काभ्रेमा सुन र पैसाको लोभमा छोराले सिलौटाको लोरो प्रहार गरी आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ भन्ज्याङ्गगाउँ स्थित ६६ बर्सिया माइली लामाको उनकै कान्छो छोरा फुर्साङ्ग लामाले सुन र पैसाको लोभमा छोराले सिलौटाको लोरो प्रहार गरी हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा तत्कालै खहरेपाँगु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नीलकुमार स्याङतान, इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरी र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमान्डमा खटिएको टोली र तालिम प्राप्त कुकुरले गरेको अनुसन्धानले माइलीको हत्यामा उनकै कान्छो छोरा संलग्न भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।

आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा उनले दुई पटक लोहोरोले हान्दा समेत आमा नमरे पछि ढोकामा लगाउने आग्लो लिएर टाउकोमा बजारेर हत्या गरेको स्वीकार गरेका पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन्।

प्रहरी उपरीक्षक खड्काका अनुसार, हत्या स्विकार्दै गाउँ आएर पैसाको जोहो गर्ने प्रयत्न गरेको तर केही सिप नलागे पछि आमाको हत्या गरी आमाकै कानमा लगाएको गहना र केही नगद लुट्ने योजना केही दिन अघि देखि बनाएको उनले बयानको क्रममा बताएका थिए ।

घरमा कोही नभएको मौका छोपी उनले कार्तिक १६ गते दिउसो आमाको हत्या गरेका थिए । फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएका थिए ।

फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कार्त्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताइन् ।

पक्राउ परेका फुर्साङलाई मङ्गलवार काभ्रेपलान्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…
ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि
ओमानविरुद्ध १९ ओभरमा १२ रन दिँदै नेपालले लियो ५ विकेट
ओमानविरुद्ध १९ ओभरमा १२ रन दिँदै नेपालले लियो ५ विकेट
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
चैत १२ गते बिहिवारको राशिफल यस्तो छ
चैत १२ गते बिहिवारको राशिफल यस्तो छ