डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन

सारांश

  • काठमाडौं, ९ असाेज ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिररिाजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षलाई विशेष महत्व दिएको बताएका छन् ।
  •   सोमबार राजधानीमा आयोजित खामतेल विकास मञ्च नामक संस्थाको दोस्रो अधिवेशन तथा साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

काठमाडौं, ९ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिररिाजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षलाई विशेष महत्व दिएको बताएका छन् ।  सोमबार राजधानीमा आयोजित खामतेल विकास मञ्च नामक संस्थाको दोस्रो अधिवेशन तथा साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

संसार नै प्रविधिमैत्री हुँदै गएको भन्दै मन्त्री पोखरेलले सरकारले प्राविधिक शिक्षातर्फ आकर्षण विशेष ध्यान दिएको बताए । मुलुकका धेरै ठाउँहरुमा प्राविधिक शिक्षलयहरु स्थापना भइरहेको जानकारी दिदै उनले प्राविधिक शिक्षा सम्बन्धी काम गर्न खाम्तेल विकास मञ्चलाई आग्रह समेत गरे ।
‘अबको युग नै प्रविधिको यसर्थ हामीले प्राविधिक शिक्षामा जोड दिएका छौं’ मन्त्री पोखरेलले भने, ‘खाम्तेल विकास मञ्च भनेको भनेको एउटा सामाजिक संस्था हो, यसले प्राविधिक शिक्षाका लागि काम गर्न चाहे म सहयोग गर्न तयार छु ।’  कार्यक्रममा मन्त्री पोखरेलले खोटाङको खामतेलसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी समाजसेवा गरीरहेको सुन्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानु पर्ने बाध्यता रहे पनि अब भने त्यस्तो हुन नहुने बताए । ‘हिजो शिक्षा र स्वास्थ्य जस्ता अतिआवश्यक सुविधा नपाएर बसाइ जानै पर्ने बाध्यता थियो’ कार्यक्रममा सांसद भट्टराईले भने, ‘यस्ता सुविधा अब गाउँगाउँमा पुग्दैछन्, सामान्य सुविधाकै कारण बसाइ सर्ने वातावरणको अन्त्य गरिनु पर्छ ।’खाम्तेल विकास मञ्च खोटाङ जिल्लाको खाम्तेल भन्ने गाउँमा जन्मेर काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु मिलेर स्थापना गरेको संस्था हो।

मञ्चले प्रदेश नम्बर एकका मूख्य न्यायाधिवक्ता चुणामणी आचार्यसहित चार जनालाई मञ्चले सम्मान गरेको छ । मञ्चले मूख्यन्यायाधिवक्ता आचार्य, प्रदेश नम्बर एककै प्रदेशसभा सदस्य एकराज कार्की, नेपाल राष्ट्र बैंकका डा. भागवत आचार्य र खेलाडी दिनेश सुनालाई सम्मान गरेको हो ।
मूख्य नयाधिवक्ता आचार्य र प्रदेश सभा सांसद कार्कीलाई खाम्तेलमा जन्मेर मुलुककै उच्च ओहदामा पुगेको भन्दै सम्मान गरिएको हो भने डा. आचार्यलाई खाम्तेलकै पहिलो विद्याबारिधी गर्ने व्यक्ति भएका कारण मञ्चले सम्मान गरेको हो । डा. आचार्यले नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । यसैगरी खेलाडी नारले खेलकै माध्यमबाट गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाएका कारण सम्मान गरिएको हो ।

डा. आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति
मञ्चको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले डा. भागवत आचार्यको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा सिता भट्टराई, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर कार्की र सदस्यहरुमा हेमराज कार्की, उद्धव कार्की, अनिश कार्की र लक्ष्मीप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन भएका हुन् । मञ्चले थप ३ सदस्य भने मनोनित गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?