हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु

सारांश

  • हुम्ला ।
  • केही दिनको हिमपातपछि घामलाग्न थालेपनि हुम्लामा चिसोका कारण मौसमी रुघाखोकी फैलिएको छ।
  • मौसमी रुघाखोकीका कारण १० दिनमा ६ जनाको ज्यान गएको छ ।

हुम्ला । केही दिनको हिमपातपछि घामलाग्न थालेपनि हुम्लामा चिसोका कारण मौसमी रुघाखोकी फैलिएको छ। मौसमी रुघाखोकीका कारण १० दिनमा ६ जनाको ज्यान गएको छ ।

मौसमी फ्लुका कारण हुम्लाको चंखेली गाउँपालिकामा ५ तथा सर्केगाड–३ मा एक गरी ६ जनाको ज्यान गएको हो।

मौसमी फ्लुबाट चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाही, ५० वर्षीय जुनकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की, ६० वर्षीया प्याउरी शाहीको ज्यान गएको गाउँपालिकाकी उपाध्यक्ष बिमला कुमारी शाहीले डिसी नेपाललाई बताईन्।

उनले भनिन्, ११ दिनदेखि चंखेली गाउँपालिकामा रुघाखोकी फैलिएको छ । वडा नम्बर–६ मा ५ जनाको ज्यान गएको छ । मौसमी फ्लु थप फैलिन नदिन हामीले प्रदेश सरकारसँग छलफल गरेर उपचार विधि बढाउन लागिपरेका छौँ।

यस्तै सर्केगाड गाउँपालिका-३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको ज्यान गएको गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले डिसी नेपाललाई बताए ।

उनले एक हप्तादेखि फैलिएको मौसमी फ्लुका कारण अहिले सर्केगाडका धेरैजसो गाउमाँ रुघाखोकी र ज्वरोको समस्या देखिएको र निको हुन समय लागेकाले ज्यान लिनेसम्मको समस्या आएको बताए ।

मौसमी रुघाखोकी लागेका बिरामीमा रुघाखोकी, ज्वरो आउने र बेहोस हुने लक्षण देखा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?