होलीको कडा चेकि ङमा कति सवारी कारवाहीमा परे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३, २०७८
|
|
२३ पटक हेरिएको
Shares
होलीको कडा चेकि ङमा कति सवारी कारवाहीमा परे ?

सारांश

  • काठमाण्डौमा ट्राफिक नियम मिच्ने झन्डै पाँच सय वटा सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ ।
  • आज बिहीवार फागु पूर्णिमा अर्थात् होली खेल्ने नाममा तीव्र गतिमा चलाएका, जाँड–रक्सी खाएर गाडी चलाएका र कागजात नभएका चार सय ९९ यातायातका साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।
  • अहिले बेलुका साढे ४ बजेसम्म चार सय ९९ यातायातका साधन होल्ड गरिनुका साथै जाँड–रक्सी खाएर होहल्ला गर्ने ४२ जनालाई पक्राउ गरिएको हो ।

काठमाण्डौमा ट्राफिक नियम मिच्ने झन्डै पाँच सय वटा सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

आज बिहीवार फागु पूर्णिमा अर्थात् होली खेल्ने नाममा तीव्र गतिमा चलाएका, जाँड–रक्सी खाएर गाडी चलाएका र कागजात नभएका चार सय ९९ यातायातका साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।

अहिले बेलुका साढे ४ बजेसम्म चार सय ९९ यातायातका साधन होल्ड गरिनुका साथै जाँड–रक्सी खाएर होहल्ला गर्ने ४२ जनालाई पक्राउ गरिएको हो ।

होल्ड गरिएको यातायातमध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको गाडीलाई बेलुका छोडिने ट्राफिक प्रहरीले जनाएको छ ।

होल्डमा राखिएका यातायात धनी र पक्राउ परेकालाई सम्झाइ बुझाइ गरेर बेलुका साढे ७ बजेपछि छोडिने महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?