१५ लाखको अक्षयकोष स्थापना
सारांश
- विराटनगर, १९ माघ स् विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
- प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेका हुन् ।
- अक्षय कोषले नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल सिरपा’ नामबाट सम्मान एवं पुरस्कार वितरण गर्ने कोषका संस्थापक श्रेष्ठले जानकारी दिए ।
विराटनगर, १९ माघ स् विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गरेका छन् । प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेका हुन् ।
अक्षय कोषले नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल सिरपा’ नामबाट सम्मान एवं पुरस्कार वितरण गर्ने कोषका संस्थापक श्रेष्ठले जानकारी दिए । कोषबाट पहिलो पुरस्कार संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय भएको छ ।रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया