डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…

सारांश

  • काठमाडौं ।
  • चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.
  • गोविन्द केसीले यस अघिका सम्झौता कार्यान्वयन नभएमा १६औं अनशन बस्ने चेतावनी दिएका छन्।

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यस अघिका सम्झौता कार्यान्वयन नभएमा १६औं अनशन बस्ने चेतावनी दिएका छन्। उनले अर्को अनसन बस्ने चेतावनी दिंदै नेताहरुलाई माफिया, जनतामारा, विद्यार्थीमारा भन्दै जथाभावी आरोप लगाएका छन् ।

डा. केसीले सोमबारको पत्रकार सम्मेलनमा प्रायजसो नेतालाई ‘माफिया’ भनी आरोप लगाए । माफियाको अर्थ भने लगाएनन् । उनले संसदीय उपसमितिले माफियाको स्वार्थबमोजिम चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको आरोप लगाए। डाक्टर केसीले भने, “ओली जी, प्रचण्ड जी र नारायणकाजी जी मैले चेतावनी दिन्छु, हेर्नुस् तपाइँका कार्यकर्तालाई ठीक ठाउँमा राख्नुस् ।”

सबैलाई जनताले तिरेको करबाट तलब खाएको भन्दै ‘अपराधी’ भएको बताए । उनले बोलिरहने बोलीमा नेताहरुलाई गाली गलौज गर्दै ‘मफिया’ र ‘अपराधी’ भनी ठोकुवा गर्ने गरेका छन् । आफूलाई साम्यवादी र सर्वहाराको पक्षमा लड्ने भन्ने ‘जनतामारा’ र ‘विद्यार्थीमारा’ भएको दाबी गरे ।

आफू स्वास्थ्य शिक्षाको सहुलियतका लागि लडिरहेको उल्लेख गर्दै जनताका लागि राजनीति गरेका साम्यवादी पार्टीका योगेश भट्टराई, केपी ओली, खगराज अधिकारीको नामै किटेर ‘माफिया’को पक्षमा लागेर चिकित्सा शिक्षाको व्यापार गरेको आरोप लगाए।

डा. केसीले शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौताअनुरूप विधेयक पारित हुने सार्वजनिक प्रतिबद्धता जनाएकाले अनसनको कार्यक्रम पुस २५ सम्मका लागि सारेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?