उपनिर्वाचन २०७६ : मतदानस्थलमा सामग्री पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
उपनिर्वाचन २०७६ : मतदानस्थलमा सामग्री पुग्यो

सारांश

  • बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा शनिबार हुने उपनिर्वाचनका लागि कर्मचारी मतदानस्थल पुगेका छन् ।
  • विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री र बन्दोबस्तीसहित कर्मचारी मतदानस्थलमा खटिएका हुन् ।
  • कर्मचारी र सुरक्षाकर्मी मतदानपूर्वको तयारीमा व्यस्त छन् ।

बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा शनिबार हुने उपनिर्वाचनका लागि कर्मचारी मतदानस्थल पुगेका छन् । विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री र बन्दोबस्तीसहित कर्मचारी मतदानस्थलमा खटिएका हुन् ।

कर्मचारी र सुरक्षाकर्मी मतदानपूर्वको तयारीमा व्यस्त छन् । मतदान क्षेत्र तोक्ने, प्रचारप्रसार निषेधलगायतका सूचना टाँस गरिएको छ । सर्वपक्षीय बैठक बस्नेदेखि मतदान केन्द्र निर्माणको काम बिहीबारै सकिनेछ । मतदाता परिचयपत्र वितरण शुक्रबार साँझसम्म गरिने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताउनुभयो ।

“निर्वाचनको तयारी मतदानस्थलमा केन्द्रित भएको छ”, उहाँले भन्नुभयो । निर्वाचन आयोगले बागलुङ–२ (ख) मा २४ र बडिगाड–२ मा एक मतदानस्थल तोकेको छ । मतदान केन्द्रको सङ्ख्या भने बागलुङ–२ (ख) मा ४३ र बडिगाड–२ मा दुई छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, कार्यालय सहयोगी एक र चार स्वंयसेवक गरी नौ जना खटिएका छन् । स्वयंसेवक भने स्थानीयस्तरबाटै भर्ना गरिएको छ ।

मतदान केन्द्रमा अपाङ्गता भएका, अशक्त, गर्भवती र सुत्केरी महिलालाई लाममा बस्नु नपर्ने गरी प्रबन्ध गरिने अधिकारी शर्माको भनाइ छ । “आयोगले तोकेअनुसार नै मतदान केन्द्र बन्छ”, उहाँले भन्नुभयो । सुरक्षा प्रबन्धलगायत मतदानस्थलको तयारीलाई चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । “सबै मतदानस्थलमा सुरक्षाको टोली तैनाथ छ, सुरक्षा प्रबन्धमा कुनै कमी हुँदैन”, उहाँले भन्नुभयो ।

राज्यविरोधी गतिविधि गर्ने समूहबाट आउन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर छिमेकी जिल्लामा समेत सुरक्षा निगरानी बढाइएको छ । मतदाताको सुरक्षाका लागि ‘मोबाइल’ गस्तीसमेत हुने जनाइएको छ । मौन अवधिका कारण प्रचार गर्न र मत माग्न नपाए पनि दलहरु चुनावको आन्तरिक तयारीमा छन् ।
उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार रहनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाए पनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गर्नुभएको थियो । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वा्चित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
The star studded wedding of sonam kapoor
The star studded wedding of sonam kapoor
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
प्रधानमन्त्री देउवाले राजीनामा नदिने
प्रधानमन्त्री देउवाले राजीनामा नदिने
कतारका लागी नयाँ श्रम स्वीकृति खुल्यो
कतारका लागी नयाँ श्रम स्वीकृति खुल्यो
छोराको जित नातिको हार :सूर्यबहादुर
छोराको जित नातिको हार :सूर्यबहादुर

तपाईंले छुटाउनुभयो कि?