सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • १३ मंसिर, काठमाडौं ।
  • वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
  • गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

१३ मंसिर, काठमाडौं । वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’

उनका अनुसार अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिनेछ । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले झोलामा राखेर बम लगेर विस्फोट गराउँदा पनि थाहा नपाएको भन्दै आक्रोस पोखेको थिए । उनले सुरक्षा चेकजाँच कडा बनाउन निर्देशन दिएका छन् ।

गृहसचिव सापकोटाका अनुसार दाङ र उदयपुरमा भएको बम विस्फोटबारे थप अनुसन्धान भइरहेको छ ।

मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।

यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् । थुप्रै ठाउँमा उम्मेदवार लक्षित विस्फोट भएका छन् ।

सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।

बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्ऽ क्षत्रीको सट्टा बलदेव राज महत सहभागी थिए भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धानका दिलिप रेग्मी र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
वायुसेवा निगम डुबाउन खोज्नेलाई सरकारले छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
वायुसेवा निगम डुबाउन खोज्नेलाई सरकारले छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि…
बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि…
दशनामीको अध्यक्षमा गिरी निर्वाचित !
दशनामीको अध्यक्षमा गिरी निर्वाचित !
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समचारहरु
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समचारहरु
मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु

तपाईंले छुटाउनुभयो कि?