हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

सारांश

  • काठमाडाैं।
  • चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ।
  • एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो।

काठमाडाैं। चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ।

एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको  जानकारी दिए।

हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ। यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ।

कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए।

हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Online Casino Cz ︎ Důvěryhodná A Bezpečná Online Kasina
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
जब मोदीले सोलिहलाई क्रिकेट ब्याट उपहार दिए
जब मोदीले सोलिहलाई क्रिकेट ब्याट उपहार दिए
मोेटरसाइकल चोरीको बिगबिगी
मोेटरसाइकल चोरीको बिगबिगी

तपाईंले छुटाउनुभयो कि?