आजबाट कक्षा १२ को परीक्षा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
आजबाट कक्षा १२ को परीक्षा

सारांश

  • भक्तपुर।
  • राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु हुँदैछ।
  • परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ।
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु हुँदैछ। परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ।
बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कक्षा ११ मा पाँच लाख आठ हजार ४९४ र कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुने छन्। सबैभन्दा कम मनाङमा कक्षा ११ मा ५१ र कक्षा १२ मा ५९ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा बढी काठमाडौँमा कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुने जनाइएको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए। परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ। परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ।
यसैबीच एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ। परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्ने भएको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईई परीक्षाको जस्तो घटना दोहोरिन नदिन आफूहरू सचेत रहेको जानकारी दिँदै भने, “प्रश्नपत्र राखिएको ठाउँमा चौबीसै घण्टा सीसीटिभीको व्यवस्था गरिएको छ। सुरक्षाकर्मीसहितको कन्ट्रोल रूमको पनि थालनी गर्नेभएका छौँ।”
प्रश्नपत्र गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था पनि गरिएको छ । विद्यार्थीलाई भने परीक्षा केन्द्रमा मोबाइल फोन लैजान प्रतिवन्ध लगाइएको छ भने क्याल्कुलेटरबाहेक इलेक्ट्रोनिक्स साधन पनि लैजान निषेध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
चार हजार धरौटी तिरेर आस्था राउत रिहा
चार हजार धरौटी तिरेर आस्था राउत रिहा
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
घटस्थापनाका दिन राप्तीका १० कलाकारको हातमा अवार्ड
घटस्थापनाका दिन राप्तीका १० कलाकारको हातमा अवार्ड
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने
लिखु संगम बचत तथा ऋण  सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने
प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने
आफ्ना छोराछोरीलाई होइन, गरिबलाई अवसर दिनुस् : प्रधानमन्त्री ओली
आफ्ना छोराछोरीलाई होइन, गरिबलाई अवसर दिनुस् : प्रधानमन्त्री ओली
बन्ने भो दूधकोसी जलविद्युत् आयोजना
बन्ने भो दूधकोसी जलविद्युत् आयोजना

तपाईंले छुटाउनुभयो कि?