जब मोदीले सोलिहलाई क्रिकेट ब्याट उपहार दिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
जब मोदीले सोलिहलाई क्रिकेट ब्याट उपहार दिए

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहसँगको भेटमा क्रिकेट ब्याट उपहार दिए ।
  • ८ जुनमा माले पुग्दा उनले सोलिहलाई क्रिकेट ब्याट दिइरहँदा भारतले सानो टापु राष्ट्रमा क्रिकेट मैदान बनाइदिने भएको छ ।
  • मालदिभ्सलाई मोदीले दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि पहिलो भ्रमण राष्ट्रका रुपमा रोजेर उच्च महत्वको संकेत गरिसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहसँगको भेटमा क्रिकेट ब्याट उपहार दिए । ८ जुनमा माले पुग्दा उनले सोलिहलाई क्रिकेट ब्याट दिइरहँदा भारतले सानो टापु राष्ट्रमा क्रिकेट मैदान बनाइदिने भएको छ । मालदिभ्सलाई मोदीले दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि पहिलो भ्रमण राष्ट्रका रुपमा रोजेर उच्च महत्वको संकेत गरिसकेका छन् ।

पहिलो कार्यकालमा मोदी मालदिभ्स पुगेनन् । उनी अगाडिका प्रधानमन्त्री डा। मनमोहन सिंहले मालदिभ्सको भ्रमण गरेको आठ वर्ष पुगेको छ । कुनैपनि भारतीय प्रधानमन्त्रीले आठ वर्षपछि मालदिभ्सको भ्रमण गर्न लागेकाले मात्र मालदिभ्स भ्रमणले महत्व पाएको होइन ।

मालदिभ्समा भारतीय प्रभाव

मालदिभ्सको शक्ति संघर्षमा भारत प्रत्यक्ष अप्रत्यक्ष सहभागी बन्यो । राष्ट्रपति आफ्ना विश्वासिलालाई बनाउन भारत र चीन जस्ता शक्तिहरु सक्रिय भइरहे । चीनको प्रभाव विस्तार र लगानीलाई लिएर भारतले गम्भीर चासो व्यक्त गर्दै आयो । जसका कारण त्यहाँ राजनीतिक अस्थिरता बढिरह्यो । नयाँ राष्ट्रपति इब्राहिम मोहमद सोलिह भारतले विश्वास गरेकामा पर्छन् ।

भारत र मालदिभ्सबीच पछिल्लो समय निकै सुमधुर सम्बन्ध स्थापित भएको छ । मालदिभ्समा सत्ता परिवर्तनपछि भारतसँगको सम्बन्धमा विगतमा आएको गतिरोध समेत अन्त भइसकेको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई चुनावमार्फत् विस्थापित गरी सोलिह राष्ट्रपति भएका हुन् । उनलाई सत्तामा स्थापित गर्न भारतले मुख्य भूमिका खेलेको थियो ।

श्रीलंकामा मोदीको प्रतिक्षा

मालदिभ्सको भ्रमणपछि मोदी सिधै श्रीलंका पुग्नेछन् । मोदीले आफ्नो सपथमा पुगेका श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनाले दिएको निम्तो स्वीकार गरेका थिए । ९ जुनमा मोदी कोलम्बो पुग्ने छन् । भारत फर्कनुअघि मोदीले केही घण्टा कोलम्बोमा बिताउनेछन् ।श्रीलंकासँग पनि भारतको सम्बन्ध निकै प्रगाढ भएको छ । पूर्व राष्ट्रपति महीन्द्रा राजापाक्षको कार्यकालमा भारतसँगको सम्बन्ध चिसिएको थियो । मैत्रीपाला सिररेना राष्ट्रपति बनेपछि श्रीलंका भारतसँग निकै नजिकिएको छ ।

श्रीलंकामा भएको पछिल्लो आतंककारी हमलाका दोषी पत्ता लगाउन भारतले सहयोग पु¥याउँदै आएको छ ।भारत भ्रमणका बखत सिरसेनाले भारतले हमलाको पूर्वसूचना दिइसकेपनि आफूलाई जानकारीमा नआएको खुलासा गरेका छन् । भारतको सहयोगको आशा गरिरहेको श्रीलंकामा मोदीको भ्रमणले क्षेत्रीय शक्तिको प्रभावमा भएको बदलावको संकेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
यसकारण अब दैनिक १४ घण्टा लोडसेडिङ हुने
यसकारण अब दैनिक १४ घण्टा लोडसेडिङ हुने
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
नियमावली संशोधन मस्यौदा समितिको बैठक
नियमावली संशोधन मस्यौदा समितिको बैठक
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी

तपाईंले छुटाउनुभयो कि?