जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…

सारांश

  • जेलबाट भागेका कैदीले भाग्दै राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेर फेरि जेल पुगेका छन् ।
  • यो आश्चर्यजनक घटना अमेरिकामा भएको हो ।
  • ३१ वर्षीय कैदी एलेन लिविसमाथि अहिले जेलबाट भाग्ने प्रयास गरेको मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ ।

जेलबाट भागेका कैदीले भाग्दै राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेर फेरि जेल पुगेका छन् । यो आश्चर्यजनक घटना अमेरिकामा भएको हो । ३१ वर्षीय कैदी एलेन लिविसमाथि अहिले जेलबाट भाग्ने प्रयास गरेको मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ ।

बीबीसीका अनुसार एलेनलाई अमेरिकाको केन्टुकी राज्यको एक काउन्टी जेलबाट अर्को केन्टुकी जेलमा सार्ने क्रममा उनी भागेका थिए । यही क्रममा उनले आफ्नो हथकडी निकै कडा भएको र हात दुखाएको भन्दै पुलिस अधिकारीसँग हथकडी खोलिदिन आग्रह गरे । तर जब उनको हथकडी खोलियो उनी भागे ।

नजिकैको राजमार्गमा पुगेर उनले एक गाडीका ड्राइभरसँग लिफ्ट मागे । उनलाई थाहै भएन कि लिफ्ट दिने ती ड्राइभर पुलिसकर्मी नै थिए । एकतातिर एलेनलाई पक्राउ गर्नको लागि सर्च अपरेशन चलाइएको थियो अर्कोतर्फ उनी आफैं एक पुलिसकर्मीको गाडीमा लिफ्ट माग्न पुगे । एलेनलाई सुरुमा आफूले भाग्नलाई लिफ्ट पाएको विश्वास लाग्यो । तर, ती पुलिसकर्मीले एलेनलाई पुनः जेल पुर्याए । ग्रीनअप काउन्टी जेलका जेलर माइक बर्थिङटनका अनुसार एलेन पुनः जेलमा आएका छन् र उनीमाथि जेलबाट भागेको आरोप पनि थपिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?