सचिव बढुवाका को–को छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सचिव बढुवाका को–को छन्

सारांश

  • काठमाडौं, २१ माघ ।
  • भोलिदेखि पाँच सचिव पद रिक्त हुँदैछ ।
  • माघ २२ मा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, अर्थ मन्त्रालयका सचिव राजन खनाल , उपराष्ट्रपति कार्यालयका सचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर अवकाश हुँदैछन् ।

काठमाडौं, २१ माघ । भोलिदेखि पाँच सचिव पद रिक्त हुँदैछ । माघ २२ मा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, अर्थ मन्त्रालयका सचिव राजन खनाल , उपराष्ट्रपति कार्यालयका सचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर अवकाश हुँदैछन् । यसअघि पुस २१ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव अनिल ठाकुरको अवकाश भइसकेको छ । ठाकुरको अवकाश पछि रिक्त सचिव पदमा बढुवा सिफारिस समितिको हालै बसेको बैठकले बरिष्ठताका आधारमा तीन सहसचिवको नाम सिफारिस गरेका छ ।

सिफारिस भएकामा उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव दिनेश भट्टराई , ५ नम्बर प्रदेश मन्त्रपिरिषद्का सचिव टेकनारायण पाण्डे र बाबुराम पौडेलको अवकाश भइसकेको छ । सचिव बढुवा सिफारिसमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेका हो । अब बस्ने मन्त्रीपरिषद् बैठकले सिफारिस भएका तीनमध्ये एक नम्बरमा रहेका दिनेश भट्टराईलाई सचिवमा बढुवा गर्ने छ ।

माघ २२ गते अवकाश हुने तीन सचिव मध्ये प्रशासन समुहका राई, आचार्य र खनालको सिटमा एकनारायण पाण्डेको बढुवा हुनेछ । अर्याल कलकत्ताका महावाणिज्यदुत छन् । पुडासैनी अर्थमन्त्रालयमा कार्यरत छन् । महेश्वर न्यौपानेको गृहमन्त्रालयमा सरुवा भइसकेको छ ।
गजेन्द्र ठाकुर अवकाश भएपछि रिक्त पदमा शहरी विकास मन्त्रालयका सहसचिव सागर राई, पर्यटन मन्त्रालयका सुरेश आचार्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामकृष्ण सापकोटा सचिव बढुवाका दाबेदार हुन् ।

आगामी ६ महिना भित्र पाँच सचिव अवकाशको क्रममा छन् । चैत्र १ मा सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव बालकृष्ण घिमिरे अवकाश हुँदैछन् । त्यस पदमा अर्जुनकुमार पोखरेल बढुवा हुनेछन् । २०७७ जेठ १ मा सुचना तथा संचार प्रविधि सचिव दिपक सुवेदी अवकाश हुनेछन् भने जेठ ७ मा श्रम मन्त्रालयका सचिव विनोद केसी, जेठ १७ मा शिक्षा सचिव महेन्द्र प्रसाद दाहाल अवकाश हुदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
मोरङ क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम ! लालबाबु पण्डित र शेखर कोइराला को अवस्था ?
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
दु्तमार्ग निर्माण क्रममा २७ हजार रूख कटान
दु्तमार्ग निर्माण क्रममा २७ हजार रूख कटान
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा