फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?

सारांश

  • काठमाडौं,  ९ कार्तिक।
  • संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।
  • फोरम नेपालका नेताहरुले अध्यक्ष यादव सप्तरी–२ बाट उम्मेदवार बन्ने निश्चित भएको बताएका छन् ।

काठमाडौं,  ९ कार्तिक। संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । फोरम नेपालका नेताहरुले अध्यक्ष यादव सप्तरी–२ बाट उम्मेदवार बन्ने निश्चित भएको बताएका छन् ।

पहिलो र दोस्रो संविधानसभामा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए । उनी पहिलो संविधानसभामा दुवै क्षेत्रबाट विजय भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने मोरङ–५ मा कांग्रेका अमृत अर्यालबाट पराजित भएका थिए । सुनसरी–५ बाट झिनो मतले विजय भएका थिए ।

कांग्रेससँग चुनावी तालमेल भए उनले मोरङ–५ मा उम्मेदवार दिने चर्चा थियो । तर, बुधवार मात्र सप्तरीबाट चुनाव लड्ने निधो भएको मधेस प्रदेशका मुख्य सचिव झाले बताए ।

गत संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट फोरमकै शैलेन्द्र यादव पराजित भएका थिए । उनी माओवादीका उमेश यादवसँग झन्डै आठ सय मतले पराजित भएका थिए । उमेश यादव माओवादीबाट यसपटक पनि उम्मेदवार बन्ने निश्चित छ । उनलाई एमालेको साथ रहनेछ।

तर, यसपटक राजपा र फोरमले तालमेल गर्ने भएपछि उपेन्द्र यादवलाई सहज हुने भएको छ । तर, यस क्षेत्रमा राजपाका सहमहासचिव जयप्रकाश ठाकुरले पनि उम्मेदवारी दाबी गर्दै आएका छन् । यस क्षेत्रबाटै पूर्वमन्त्री रामकुमार चौधरी र महानन्द यादवमध्ये एकजना कांग्रेस उम्मेदवार बन्दै छन् ।

सदरमुकाम राजविराज लगायत चार वटा स्थानीय तह रहेको  क्षेत्र नम्बर २ मा पनि राजपा र फोरम नै बलियो देखिएका छन्। सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्छन् । सप्तरी–२ मा झन्डै ८६ हजार मतदाता छन्।

स्थानीय तहमा यो निर्वाचन क्षेत्रमा पर्ने वडामा राजपाले सबैभन्दा बढी ८ हजार ४ सय ३० मत पाएको थियो। दोश्रोमा रहेको माओवादी केन्द्रले ८ हजार ६८ मत पाएको थियो। तेश्रोमा रहेको काँग्रेसको ७ हजार ३ सय ८९ मत  छ। चौथोमा फोरमको ६ हजार ९ सय ११ मत रहेको छ।  यो निर्वाचन क्षेत्रमा एमालेको २ हजार ८ सय ६ मत मात्र रहेको छ भने लोकतान्त्रिक फोरमको २ हजार ८ सय ३० मत रहेको छ।

दुई नम्बर निर्वाचन क्षेत्रमा राजपा र फोरमको मत जोडदा १५ हजार ३४१ हुन आउँछ। यो मत एमाले-माओवादी गठवन्धन वा काँग्रेस-लोकतान्त्रिक फोरमको भन्दा निक्कै धेरै हुन्छ।

यहाँ एमाले‍-माओवादीको मत जोड्दा पनि १० हजार ८ सय ७४ मात्र हुन्छ भने काँग्रेस र सो पार्टीमा मिसिएको लोकतान्त्रिक फोरमको मत जोड्ने हो भने १० हजार २ सय १९ हुन्छ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?