कोरोना संक्रमित महिलाले छोरा जन्माइन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्

सारांश

  • कोरोना भाइरसको संक्रमित एकजना महिलाले बच्चा जन्माएकी छन् ।
  • बुधवार बिहान वीरगंज हेल्थकेयर अस्पतालमा संक्रमित महिलाको शल्यक्रियाबाट छोरा जन्मिएको अस्पतालले जनाएको छ ।
  • वीरगंज, रामगढवा निवासी २५ वर्षीय गर्भवती महिला कोरोना संक्रमित भएपछि नेशनल मेडिकल कलेज कोरोना अस्पतालले उपचार गर्न मानेको थिएन ।

कोरोना भाइरसको संक्रमित एकजना महिलाले बच्चा जन्माएकी छन् । बुधवार बिहान वीरगंज हेल्थकेयर अस्पतालमा संक्रमित महिलाको शल्यक्रियाबाट छोरा जन्मिएको अस्पतालले जनाएको छ ।

वीरगंज, रामगढवा निवासी २५ वर्षीय गर्भवती महिला कोरोना संक्रमित भएपछि नेशनल मेडिकल कलेज कोरोना अस्पतालले उपचार गर्न मानेको थिएन । त्यसपछि उनले घरमै अक्सिजन लगाएर उपचार गराइरहेकी थिइन् । यो समाचार सञ्चारमाध्यममा आएपछि नारायणी अस्पतालले उनको भर्ना गरेको थियो ।

त्यहाँबाट महिलालाई वीरगंज हेल्थ केयर अस्पतालमा पठाइएको थियो जहाँ उनको शल्यक्रियाबाट छोरा जन्मिएको नारायणी अस्पतालका डा अबुलहैस अन्सारीले बताए । अहिले आमा र छोरा दुवैको अवस्था ठीक रहेको डा अन्सारीले बताए । बच्चामा कोरोना भए नभएको बारे परीक्षण गरिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?