दु्तमार्ग निर्माण क्रममा २७ हजार रूख कटान

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
४१ पटक हेरिएको
Shares
दु्तमार्ग निर्माण क्रममा २७ हजार रूख कटान

सारांश

  • नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् ।
  • करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो ।
  • तत्काल उक्त सङ्ख्यामा रूख काट्नै पर्ने उहाँको भनाइ छ ।

नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो ।

तत्काल उक्त सङ्ख्यामा रूख काट्नै पर्ने उहाँको भनाइ छ । बाँकी रहेका ११ हजार एक सय रूख अहिले नकाट्दा हुने उहाँले बताउनुभयो । बाँकी रहेका ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने उहाँले बताउनुभयो । सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताउनुभयो ।

दु्रतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जनाएको छ । वन मन्त्रालय मातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको सेनाले जनाएको छ ।

वातावरणीय मापदण्डअनुसार एक रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ भने सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरु गरिसकेको छ । त्यसअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिसकेका जनाइएको छ । बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?