बालुवाटार जग्गा प्रकरणमा नेतासहित १७५ जनाविरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
बालुवाटार जग्गा प्रकरणमा नेतासहित १७५ जनाविरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौं।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • बालुवाटार ललिता निवासको ११५ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा आएको शारदा प्रसाद त्रितालको संयोजकत्वमा गठित छाविन समितिले खुलासा गरेको थियो।

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बालुवाटार ललिता निवासको ११५ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा आएको शारदा प्रसाद त्रितालको संयोजकत्वमा गठित छाविन समितिले खुलासा गरेको थियो। सोही प्रकरणमा बुधबार आयोगले १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। उनले भने, ‘जम्मा १७५ जना विरुद्ध मुद्दा दायर गरेका छौं। विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ।’ केही नेताविरुद्ध पनि मुद्दा दायर गरिएको जनाइएको छ।

(smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?