इशान र अनन्याको फिल्मको नाम जुर्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
२५ पटक हेरिएको
Shares
इशान र अनन्याको फिल्मको नाम जुर्यो

सारांश

  • मुम्बई ।
  • बलिवुड अभिनेता इशान खट्टर र अभिनेत्री अनन्या पाण्डेले अभिनय गर्ने फिल्मको नाम अन्ततस् जुरेको छ ।
  • इशान(अनन्या स्टारर फिल्मको नाम ‘खाली पीली’ राखिएको छ ।

मुम्बई । बलिवुड अभिनेता इशान खट्टर र अभिनेत्री अनन्या पाण्डेले अभिनय गर्ने फिल्मको नाम अन्ततस् जुरेको छ । इशान(अनन्या स्टारर फिल्मको नाम ‘खाली पीली’ राखिएको छ । फिल्मलाई अलि अब्बास जाफरले निर्नामं गर्दै छन् भने निर्देशन मकबूल खानले गर्दै छन् । जाफर सलमान खानसँगका फिल्म सुल्तान, एक था टाइगर, टाइगर जिन्दा है, भारतपछि निर्माताको भूमिकामा मात्र रहेका छन् ।

फिल्मको शुटिंग सेप्टेम्बर बाटै शुरु हुने बताइएको छ भने फिल्मको रिलिज २०२० को जुन १२ मा गरिने घोषणा गरिएको छ ।अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन् भने उनले हालै स्टुडेन्ट अफ द इयर(२ बाट बलिवुडमा डेभ्यु गरेकी हुन् । हाल अनन्याले कार्तिक आर्यनसँगको फिल्म पति पत्नी और ओ’ मा काम गरिरहेकी छन् ।त्यस्तै इशान भने धड्क पछि कुनै फिल्ममा काम गरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?