भीषण आँधीपछि जापानमा सेना परिचालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
भीषण आँधीपछि जापानमा सेना परिचालन

सारांश

  • बीबीसी।
  • कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ।
  • जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।

बीबीसी। कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।

हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। र बाढी समेत आएको बताइएको छ। जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म कम्तीमा १३ जना हराइरहेका छन्।

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ। सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत र्पुयाउन खटिएको जनाएको छ।

टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्। करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।

आँधी पुनस् फर्किने त्रासका कारण रेल तथा हवाइ सेवाका उडानहरू समेत रद्द गरिएका छन्। आइतबार भने आँधी केही मत्थर भएको जनाइएको छ।

आँधीका कारण विश्वकप रग्वी खेल रद्द भएको छ तर जापान र स्कटल्याण्डबीचको एक महत्वपुर्ण खेल भने आइतवार हुँदैछ।

गत महिनामा मात्रै अर्को आँधीका कारण जापानका तीसहजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए र ती घरहरू हालसम्म पनि मर्मत गरिएका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
सत्ता गठबन्धनको बैठक सुरु
सत्ता गठबन्धनको बैठक सुरु
भरतपोखरीमा पढाइ उत्सवसम्पन्न
भरतपोखरीमा पढाइ उत्सवसम्पन्न
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
नागरिकता वा लाइसेन्सको आधारमा पनि मतदान गर्न पाइने  !
नागरिकता वा लाइसेन्सको आधारमा पनि मतदान गर्न पाइने !
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?

तपाईंले छुटाउनुभयो कि?