रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र पुगेको विषय ओलोचनाको विषय बनेको छ ।
  • हिजोमात्रै उपप्रधानमन्त्री पोखरेल एक्कासी नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र पुगेका थिए ।

काठमाडौं, ५ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र पुगेको विषय ओलोचनाको विषय बनेको छ । हिजोमात्रै उपप्रधानमन्त्री पोखरेल एक्कासी नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सीमा विवाद समाधान गरिने भनेर सम्बोधन गरेको भोलिपल्टै उपप्रधानमन्त्री कालापानी गएका हुन् ।

उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जना लिएर व्यास क्षेत्र पुगेका थिए । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ कोउद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल यहाँ आएका थिए ।

कतिपयले उपप्रधानमन्त्री पोखरेलको यो कदमलाई अपरिपक्वताको संज्ञा दिएका छन् । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको अवस्थामा उपप्रधानमन्त्री पोखरेल नै यसरी एक्कासी सीमा क्षेत्रमा पुग्नुले कतै सम्बन्ध चिसिने त होईन ? भन्ने प्रश्नसमेत उब्जिएको छ । नेपाल र भारतबीच उच्चस्तरीय वार्तामार्फत सीमा विवाद हल गरिनुपर्ने आवाज उठ्दै आएको बेलामा उपप्रधानमन्त्री पोखरेल एक्कासी जम्बो टोली बोकेर त्यहाँ जानुले गलत सन्देश गएको कतिपयको ठम्याई छ । भारतले नेपालसँगको सीमा विवादको लागि जुनसुकै बेला वार्तामा बस्न तयार रहेको सन्देश प्रवाह गरिरहेको छ ।

कालापानी सीमा क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा गएको टोली बाक्लो हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएको थियो छाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न उक्त टोली गएका थियो । तर, सोही अवसरमा सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रमलाई मौसमले साथ नदिएर फर्किएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पकी बुहारीलाई शंकास्पद चिठ्ठी, खोल्दा सेतो पाउडर
ट्रम्पकी बुहारीलाई शंकास्पद चिठ्ठी, खोल्दा सेतो पाउडर
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
आज  रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै
आज रवि लामिछानेका सवारी चालक थापाको अन्तेष्टी गरिँदै
हिमपातले किसानलाई राहत
हिमपातले किसानलाई राहत
प्रतिनिधिसभाको ४४ औँ बैठक बस्दै, यस्तो छ कार्यसूचि
प्रतिनिधिसभाको ४४ औँ बैठक बस्दै, यस्तो छ कार्यसूचि
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !   विजय दशमी २०७५ को  हार्दिक मंगलयमय शुभकामना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७५ को हार्दिक मंगलयमय शुभकामना
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
नेकपा मिलाउन चीन यसकारण असफल
नेकपा मिलाउन चीन यसकारण असफल

तपाईंले छुटाउनुभयो कि?