गेट टुगेदरको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै छन – सुर्य चन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
गेट टुगेदरको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै छन – सुर्य चन्द

सारांश

  • सुर्य चन्द, काठमाडौँ – डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ l स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ ।
  • प्रसङ्ग यहाँ अहिलेका युवा जमातहरु, किशोर किशोरीहरु कुनै पनि बहानामा डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र गएर मदिरा र जवानीको कुलतमा फस्दै नराम्रो बाटोमा त हिडिरहेका छैनन ?
  • हामीले हाम्रो छोरा छोरी, दाजु भाइ, दिदि बहिनि माथि पूर्ण विश्वास गरेर उनीहरुलाई आफ्नो निगरानी भित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीहरुको जिबन कुलत तथा अन्धकारको दल दल तिर त फस्दै गएको छ l कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी, रमाइलो भेटघाट जस्ता विभिन्न तरिकाले अहिलेका पुस्ता आफुलाई रमाइलो गर्न, कुलत बाटोमा फस्न, तथा जवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुस गर्दै दिन र रातमा विभिन्न होटेल र रिसोर्टमा पुग्ने गरेका छन l शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेली रहेका छन सयौले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर ।

सुर्य चन्द, काठमाडौँ

डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ l स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँ अहिलेका युवा जमातहरु, किशोर किशोरीहरु कुनै पनि बहानामा डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र गएर मदिरा र जवानीको कुलतमा फस्दै नराम्रो बाटोमा त हिडिरहेका छैनन ? हामीले हाम्रो छोरा छोरी, दाजु भाइ, दिदि बहिनि माथि पूर्ण विश्वास गरेर उनीहरुलाई आफ्नो निगरानी भित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीहरुको जिबन कुलत तथा अन्धकारको दल दल तिर त फस्दै गएको छ l कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी, रमाइलो भेटघाट जस्ता विभिन्न तरिकाले अहिलेका पुस्ता आफुलाई रमाइलो गर्न, कुलत बाटोमा फस्न, तथा जवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुस गर्दै दिन र रातमा विभिन्न होटेल र रिसोर्टमा पुग्ने गरेका छन l

शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेली रहेका छन सयौले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन ? बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरि छ यो बिषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौध बर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेका छन । बार डिस्कोमा फोटो खिचेर सामाजिक संजाल फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन अहिलेको युवा पुस्ता जसरि पनि एक चोटी बार डिस्को गएर त्यहाको फोटोग्राफर बाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलत संगत र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउछ । जब रात ढल्किदै जान किशोर किशोरीहरु मदिरा अन्य नशा लाग्ने कुराहरु बाट लट्ठ पर्दै मध्यरात सम्म नशामा झुमी रहेका हुन्छन त्यस पछि होटेल र रिसोर्टको बन्द कोठा खोज्ने जमात पनि बढ्दै गएको छ l
हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्यो बाहिर साथिहरु संग गएर रमाइलो गर्यो, बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किन नजाने म पनि जान्छु भन्ने प्रवृति छ । सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक संजाल(फेसबुक, ट्विटर)मा राख्ने पनि ट्रेन्ड नै चलेको छ। बार डिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन जसले गर्दा युवा युवतीहरु एक अर्कालाइ देखाउनको लागि मात्र भए पनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन । अहिले शहरमा कोहि देखासेखीको लागि त कोहि आफ्नो मनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्री जिबन बार डिस्कोमा जाने गर्छन र बार डिस्कोमा जाने होडबाजीनै चलेको छ ।
सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नया होइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेका सम्म अहिले रत्रिजिबनको बार डिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दै फोटो खिच्न लालाइत देखिन्छन र आफु हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन । जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने अनि गेट टुगेदर गर्ने रात बिताउने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ ।

यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्न गलत संगतमा फस्दै गएका छन । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ । यसका लागि अबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहा जादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी
हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जम्यो
हुम्ला, जुम्लामा ३ फिट भन्दा बढी हिउँ जम्यो
आजको मौसम: पाँच प्रदेशमा पानी पर्ने
आजको मौसम: पाँच प्रदेशमा पानी पर्ने
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
जिल्लाकाे सबैभन्दा जेठो संस्था न्ह्यज्या खलःको ५७ औं वर्षिकी सम्पन्न !
जिल्लाकाे सबैभन्दा जेठो संस्था न्ह्यज्या खलःको ५७ औं वर्षिकी सम्पन्न !
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौं’
बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौं’

तपाईंले छुटाउनुभयो कि?