सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन

सारांश

  • अस्बिन खड्का, २० असार ।
  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कृष्णासवरण गाउँपालिका ५ स्थित रहेको राजमार्गको महुली पुल भासिएको छ।
  • तीन दिन देखि परेको लगातार को वर्षासँगै खोलामा आएको बाढीका कारण करिब २८ मिटर पुल भासिएको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

अस्बिन खड्का, २० असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कृष्णासवरण गाउँपालिका ५ स्थित रहेको राजमार्गको महुली पुल भासिएको छ।

तीन दिन देखि परेको लगातार को वर्षासँगै खोलामा आएको बाढीका कारण करिब २८ मिटर पुल भासिएको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए। बिहान करिब ४/५ बजे बाट पुल भासिन थालेको जानकारी पाएको उनले बताए।  उनले भने ‘बिहान आउँदा करिब २/३ इन्च भासिएको अवस्थामा थियो तर अहिले १० इन्च भासिएको छ बिस्तारै–बिस्तारै भासिने क्रम जारी रहेकोले तत्कालै सर्पोटिङ बाँध को आवश्यकता छ।’

सिंहले पुलको एक साइड मात्रै भासिएकाले वान–वे यातायात सञ्चालन गरिएको बताए। एसपी सहित  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतको टोली घटनास्थलमा पुगेका छन । पुलको आधा भाग जमिनमा छ,’ उनले भने, ‘जन्डौपट्टिबाट जमिनको भाग चाहिँ भासिएको हो, आत्तिनुपर्ने अवस्था छैन,’ ।

सडकको बीचमा पूर्वपश्चिम चिरा परेर एक साइड भासिएकाले त्यसको सपोर्टका लागि बाँध बनाउन पहल भइरहेको सिंहले जानकारी दिए। सडकका इन्जिनियरलाई बोलाइसकिएको र आवश्यक तयारी समेत थालिएको उनको भनाइ छ।

अझै लगातार वर्षा भएमा पुल बीचमा चिरा परेर खोलामा भासीने भएकाले तत्काल काम सुरु गरीने प्र जीअ पौडल ले जानकारी दिएका छन ।

उक्त पुल फुटेमा वा भासीएमा पूर्व-पश्चिम राजमार्ग ठप्प हुनेछ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?