यि हुन फोरमबाट मन्त्री हुने २ जना !
सारांश
- काठमाडौं, १८ जेठ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वकाे मन्त्री मण्डलमा दुर्इ मन्त्री थप भएका छन ।
- सरकारले मन्त्रालय बिस्तार गर्ने क्रममा शुक्रबार (अाज) परराष्ट्र मन्त्रालयमा दाबी गर्दै आएका संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अन्तत स्वास्थ्य मन्त्रालय पाएका छन।
काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वकाे मन्त्री मण्डलमा दुर्इ मन्त्री थप भएका छन ।
सरकारले मन्त्रालय बिस्तार गर्ने क्रममा शुक्रबार (अाज) परराष्ट्र मन्त्रालयमा दाबी गर्दै आएका संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अन्तत स्वास्थ्य मन्त्रालय पाएका छन।
फोरमले पाउने सहरी तथा विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईको नाम टुंगिएको हाे ।सरकारमा दलको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयमा आजै दिउँसो ३ बजे सपथ हुने यादवका प्रेस संयोजक महेश चौरिसयाले बताए। फोरमले पाउने एक राज्यमन्त्री भने पछि पठाउने भएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Kc Ganesh
अाङकाजी कता गय भाेलि देखि यादव काे झाकाे झार्छन।