धर्म प्रति बढेको विकृति !!!

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
३११ पटक हेरिएको
Shares
धर्म प्रति बढेको विकृति !!!

सारांश

  • आध्यात्मिक ज्ञान चाहियो भन्यो गीता पढ्न दिए मैले ।
  • गीता ज्ञान नबुझेर बाइबल पो बोक्न थाल्यो अहिले ।

आध्यात्मिक ज्ञान चाहियो भन्यो गीता पढ्न दिए मैले ।
गीता ज्ञान नबुझेर बाइबल पो बोक्न थाल्यो अहिले ।।

बाइबलमा नि वैज्ञानिक दृष्टि छैन पो भन्दै छ रे ।
अब कुरआन आदि शास्त्रका अक्षर पो गन्दै छ रे ।।

नम्बरी सुनलाई नचिनेर पित्तलमा पो पल्किदै छ ।
जलप लगाकोलाई नम्बरी भनी त्यतै पो ढल्किदै छ ।।

शास्त्रार्थ उल्टो बुझ्छ आफ्नो अनुकूल व्याख्या गर्छ ।
जन्मदिएकी आमालाई घृणा गरी पराइ तिर सर्छ ।।

धर्मका अनेकौं बीउ रोपी आगो सल्किदैछ ।
गाइलाई दिएको पिण्डमा सुगुर पल्किदैछ ।।

सबै ॐ नै जप्छन् तर म नै राम्रो भन्छन् ।
अरुलाई नीच देखि आफू खुबै सभ्य बन्छन् ।।

एउटै ॐ मा लड्छन् यहाँ झगडा पो गर्छन् ।
अमृतमा विष हाल्यो पराइले अब कति मर्छन् ।।

ॐकार सबै मिले देखि नेपाल बाच्छ हेर ।
आफू आफू द्वन्द्व गरे नेपाल बिग्रिन के बेर ।।

नेपाली तारा बिग्रिए सारा बिकृति बढेर ।
हरायो आफ्नो भाषा रा भेष जान्छकी सडेर ।।

नेताले छाडे दान पुण्य गर्न बाहुनले छाडे बेद ।
अड्डाले छाड्यो न्याय निसाफ गर्जन छाड्यो मेघ ।।

नारीले छाडे चौबन्दि चोली पुरुषले टोपी कोट ।
धनिले छाड्यो सामाजिक धर्म नदीले छाड्यो डोब ।।

गुरुले थाले विद्यालाई बेच्न चेलालाई के को डर ।
नेताले छाडे नैतिक बन्धन हाकिमलाई कसको डर ।।

किसानले छाडे गाइभैंसी पाल्न धर्तीमा छैन मल ।
व्यापारी थाले दुई नम्बर गर्न कानुनको कसलाई डर ।।

-रघुनाथ आचार्य

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
विकिनीमा खुलेकी स्मृति
विकिनीमा खुलेकी स्मृति
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय
सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?