गौतमको सपना खतिवडाको भागमा, आन्तरिक किचलोमा नेकपा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
गौतमको सपना खतिवडाको भागमा, आन्तरिक किचलोमा नेकपा

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सत्ता मोहका कारण पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ।
  • गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभाका सदस्य बनाउने र नबनाउने पक्षमा नेकपा सचिवालय विभाजित बनेको छ।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सत्ता मोहका कारण पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ। गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभाका सदस्य बनाउने र नबनाउने पक्षमा नेकपा सचिवालय विभाजित बनेको छ।

अन्ततः संविधान संशोधनमार्फत राष्ट्रिय सभाको सदस्य हुँदै प्रधानमन्त्री बन्ने गौतमको चाहना मात्र अधुरो बनेन, युवराज खतिवडाका ठाउँमा अर्थमन्त्री बन्ने सपना पनि पूरा भएन। पुनः खतिवडालाई नै राष्ट्रिय सभाको सांसद बनाउने अडानमा प्रधानमन्त्री ओली रहेपछि गौतमका सबै महत्त्वाकांक्षा चकनाचुर भएका हुन्।

संविधान संशोधन गर्न सचिवालयले गठन गरेको कार्यदल सचिवालयकै बुधबारको अर्को बैठकले भंग गरेको छ। यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउन आग्रह गरेका थिए। तर, गौतमले भने संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाएपछि मात्र राष्ट्रिय सभाको सदस्य बन्ने अडान लिएका थिए। अहिले संविधान संशोधनको बाटो बन्द भएको अवस्थामा पुनः गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको बैठकले निर्णय गरेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका छन्।

बुधबारकै सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। तर, लगत्तै प्रधानमन्त्री ओलीले सचिवालयका नेताहरूलाई राष्ट्रपतिबाट मनोनिति हुने राष्ट्रिय सभा सदस्यमा मन्त्रिपरिषद्ले खतिवडालाई सिफारिस गरिसकेको जानकारी गराएपछि पार्टीभित्र नयाँ तरङ्ग पैदा भयो।

निर्णय भइसकेको नाम परिवर्तन नहुने अडानसहितको जानकारी सचिवालय सदस्यलाई गराएको सचिवालयका एक नेताले बताए। अर्थमन्त्री खतिवडाको पहिलो कार्यकाल राष्ट्रिय सभा सदस्यका रूपमा यही फागुन २० गते सकिँदै छ। राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरेपछि खतिवडालाई सरकारको प्रवक्ता तोक्ने निर्णय भएको छ।

ओलीले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको सहमतिअनुसार आफूले नाम सिफारिस गरेको सचिवालयका सदस्यहरूलाई जानकारी गराउनुभएको बताइएको छ।

यसअघि सत्तामोहका कारण काठमाडौं ७ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षरूपमा प्रतिनिधिसभामा निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराउने प्रस्तावले गौतम विवादमा तानिएका थिए। पुनः सांसद बन्ने चाहनाप्रति चौथर्फी आलोचना भएपछि रामवीर मानन्धरको निर्वाचन क्षेत्रबाट सांसद बन्ने गौतमको चाहना अधुरै भयो। रवीन्द्र अधिकारीको निधन भएपछि कास्कीबाट निर्वाचन लड्ने योजना रहे पनि अन्तिम समयमा आएर गौतमले उम्मेदवार नबन्ने निर्णय लिएका थिए।

निर्वाचनमा पराजित भएपछि भूमिका विहीनजस्तै भएका गौतम पार्टी एकीकरणको लामो समयसम्म पनि सक्रिय भूमिमा रहेनन्। तर, पार्टीले संगठन विभागको प्रमुख बनाएसँगै गौतमको भूमिका र महत्त्वकांक्षा पनि बढ्दै गयो। सचिवालयमा निर्णायक भूमिकामा देखिनुभएका गौतमलाई मनाउनका लागि अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ कै सहमतिमा पार्टीको विधान संशोधन गरेर उपाध्यक्षसमेत बनाउने निर्णय भयो।

भैंसेपाटी बैठकपछि पार्टीभित्रको शक्ति सन्तुलमा बलियो हुनुभएका गौतमले पार्टीभित्र आफू अनुकूल निर्णय गराउन दबाब दिँदै आएका छन्।

भैंसेपाटी गठनबन्धनले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली सचिवालयमा अल्पमतमा परेकाे देखाएको थियो। सचिवालयमा ओलीको पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्र रहेका र पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहेका छन्।

(https://veroinn.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
५ किलो अफिमसहित ३ जना पक्राउ
५ किलो अफिमसहित ३ जना पक्राउ
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
जेठ ३१ गते शनिबारको राशिफल यस्तो छ
जेठ ३१ गते शनिबारको राशिफल यस्तो छ
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने
कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने
प्रधानमन्त्री : औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

तपाईंले छुटाउनुभयो कि?