कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो

सारांश

  • काठमाडाैं।
  •   सात बर्ष अघि निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसाद निर्देशन गरेका थिए ।
  • त्यस बेला देखि नै यो फिल्मले दर्शकहरूमाझ निकै कौतूहलता निर्माण गर्न सफल भएको थियो ।

काठमाडाैं।  सात बर्ष अघि निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसाद निर्देशन गरेका थिए । त्यस बेला देखि नै यो फिल्मले दर्शकहरूमाझ निकै कौतूहलता निर्माण गर्न सफल भएको थियो । उनै निर्देशक खनालले सात बर्षपछि सिक्वेलका रुपमा पशुपति प्रसाद २ भष्मे डन लिएर आएका छन् ।

‘भष्मे डन’ले दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । शनिबार देशब्यापी रिलिज भएको फिल्मका शोज खचाखच छन् । दोस्रो दिन आइतबार पनि फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई झन्डै साढे २ करोड बराबरको ओपनिङ मिलेको छ । निर्माण कम्पनी टुकी आर्ट्सले सार्वजनिक गरेको एक पोस्टरमा पहिलो दिने कमाई २ करोड ४० लाख उल्लेख छ ।

फिल्म हेरेका प्रायः दर्शकले निर्देशक र निर्मातासँग ‘पशुपति प्रसाद ३’को डिमाण्ड गरेका छन् । यो फिल्ममा समाजको नाटकीय शैलीमा एउटा सुशासनको प्रत्याभूत गर्न नसकेको कुरा उठाउन खोजिएको छ । हरेक मान्छेमा समस्या मात्रै होइनन् प्रणालीबाट हैरान भएको कुरा समेत प्रस्तुत गर्न खोजिएको छ । जुन माहौल बनाएर हलसम्म दर्शक तान्न निर्माण टिम सफल भयो, त्यसरी नै हलसम्म पुगेका दर्शकलाई सन्तुष्ट बनाउन सफल देखिएको छ ।

विश्वभर विपत् जस्तो महामारी रुपमा फैलिएको कोरोना प्रकोपबाट धेरै देशहरु आक्रान्त भएका थिए । यसको चपेटामा समेत नेपाल परेको थियो । यस अघि प्राकृतिक विपत भुकम्प जसबाट त नेपालमा धेरैेले जनधनको क्षति बेहोर्नु परेको थियो । कतिले ज्यान गुमाए त कतिले धन । यस्ता प्रकोप र महामारीबाट धेरै नै मानिसहरु फलिफाप भएका थिए ।

यस्तै अवस्थाबाट सिर्जना भएको फिल्म हो पशुपति प्रसाद २ भष्मे डन । फिल्म पशुपति प्रसाद २ भष्मे डनको पात्र भष्मे डनलाई सम्पन्नशाली बनाएको छ । जसलाई कोरोनाले लखपति बनाएको देखाइन्छ । पशुपतिप्रसादमा ’भष्मे डन’को चरित्र सम्झँदै उत्साहित भएर हल पुगेका दर्शक उनीबाट निकै सन्तुष्ट लिइरहेका छन् ।

फिल्म पशुपति प्रसादमा भष्मेको थोरै पृष्ठभुमि थियो । पहिलो फिल्ममा पशुपतिप्रसादको दुखद अन्त्यसँगै अहिले भष्मेमा आएको परिर्वतनबाट दर्शक मज्जा लिइरहेका छन् । यहाँ मुगुमा जन्मिएको, बाउ आमाले संस्थालाई जिम्मा लगाएर पठाएको र संस्थाले पढाउन त बोर्डिङ मै पढायो तर जेलमा जस्तै राखिदिएको भनिन्छ । संस्थामा बस्दा कतिपय साथीलाई विदेशी खैरेले लगेको भनिन्छ, यता, भष्मे भने मासुभात खाएर भाग्ने तयारीमा थियो । त्यहि समयमा भुइँचालो आयो, र उ जिउँदै आर्यघाटमा पुग्यो र बाँचेको देखाइन्छ । फिल्मको कथा पनि यहि पृष्ठभुमिबाट अगाडी बढेको छ ।

दर्शकलाई सिक्वेलमा सन्तुष्ट बनाउन सात बर्षमा भष्मेको चरित्रमा केही कुराहरुको परिवर्तन आएको छ । पशुपति प्रसाद खकुरेलको मितबा अब उसका बा भएका छन् । क्याण्डी क्रस खेल्ने भष्मे अब पब्जी खेल्न सुरु गरेको छ । बितेका यी सात बर्षमा भष्मेमा आएको गज्जबको परिवर्तन देख्न सकिन्छ । सँगै कालीप्रसाद नागाको चरित्रमा सौगात मल्ल र मैनाको चरित्रमा स्वस्तिमा खड्का थपिएका छन् ।

भष्मेको दाँत सुनको बनेका छन् । अब उसलाई लावारिस भन्ने शब्दका कारण रिस उठन थालेको छ । उसलाई अब जसरी हुन्छ बाबुआमा भेट्नुछ । नागरिकता बनाउनुछ र आफै ठेक्कापट्टाको काम गर्नु छ ।

पशुपति प्रसादलाई देखिनसक्ने त्यहि भष्मे डन अहिले भुवन बहादुरको नाममा नागरिकता बनाउन दौडधुप गरिरहेको देखाइन्छ । आफ्नो चरित्रमा विपिनले सक्दो मिहिनेत गरेका छन् । पहिलो हाफमा उनका केही संवादहरुले दर्शकलाई हसाउँछ ।
पशुपति प्रसादको निधन भएको सात बर्षपछि उसँग पंगा लिन आउने कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) ।

नकारात्मक पात्रबाट असल पात्रमा परिवर्तन भएका भष्मेको चरित्रमा ‘व्रत बसेको छु नत्र’ भन्ने डायलगले दर्शकदिर्घाबाट तालीको वााही लिन सफल छन् ।

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ । सौगात मल्लले मधेशीको चरित्रलाई आफ्नो पक्षबाट न्याय गरेका छन् । उनको लवाई अनि बोलाईले उनी गैर मधेशी हुन् है भन्ने छनक समेत दिएको छैन । नागा रुँदा दर्शक सँगै रुन्छन्, हाँस्दा सँगै हाँस्छन् ।

फिल्ममा एक दृष्य छ, जहाँ संवादमै भनिएको हुन्छ, छ्या ! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने ।

मुखुण्डोधारी माता बनेकी स्वस्तिमाले चरित्रमा घुस्न सक्दो प्रयास गरेकी छिन् । आशीर्वाद दिँदा उनले भन्ने ‘ह्या’ शब्दले दर्शकको ध्यान तान्छ ।

तर केहि प्रश्नको उत्तर भने अपुरो छ । देशमा भएको अस्पतालहरुको मनोमानी बिरुद्धको रिस पोख्न भष्मेसँग ठोकिएको पात्र आखिर किन होला ? एक सामान्य महिला मैना (स्वस्तिमा खड्का), माताजी बन्नुपर्दाको कथा के होला ? के घटनाले भष्मेलाई पशुपति प्रसादप्रति माया पलायो ? पशुपति प्रसादको मितबा कसरी भष्मेको बा हुनपुगे ? पशुपति प्रसाद फिल्ममा भष्मे किन हनुमानसँग डराउँथ्यो ? भष्मेले बोकेर हिँडेको स्पीकर किन कहिल्यै बजेन र पछि त्यो एकाएक कता हरायो ? केही अर्थ नभइ त पक्कै पनि त्यो स्पीकर गलामा झुण्डिएन होला नि । ती अबस्था र कुरा थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ । समग्रमा फिल्म सुन्दर बनेको छ । पशुपति प्रसादमा जत्तिको इमोसन महशुस गर्न नसकेपछि फिल्मले तपाईँलाई निराश भने बनाउने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा
अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन
भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
अबको निर्वाचनमा काँग्रेस पहिलो – डा कोइराला
अबको निर्वाचनमा काँग्रेस पहिलो – डा कोइराला
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य