वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
२५ पटक हेरिएको
Shares
वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान

सारांश

  • वीरगन्ज ११,पुष।
  • वीरगन्जमा बुधबार साँझ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ।
  •  नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा खुकुरी हानाहान भएको हो।

वीरगन्ज ११,पुष।वीरगन्जमा बुधबार साँझ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ। नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा खुकुरी हानाहान भएको हो। कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा भएको खुकुरी प्रहारबाट नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन्।

टाउकोमा चोट लागेकाअन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

बुधबार साँझ पार्टी कार्यालयमा छलफल चलिरहेका बेला कार्यालय परिसरमा जम्मा भएका नेविसंघका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको प्रत्यक्षदर्शीको भनाइ छ।

स्थिति तनावपूर्ण भएपछि खुकुरी प्रहार गर्ने पटेललाई भोलि दुई बजे जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराईने भएको छ।  काँग्रेस पर्साले खुकुरी हान्ने मुन्ना सिंह लाई कारबाही गर्ने आश्वासन दिएका छन।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?