कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता !

सारांश

  • काठमाडौं, २४ कात्तिक ।
  •   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
  • नेता सिंहले देशमा आर्थिक समृद्धि गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

काठमाडौं, २४ कात्तिक ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । नेता सिंहले देशमा आर्थिक समृद्धि गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

शनिबार गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको र सोही बाटोबाट अघि बढ्न सके मात्रै देशमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराउनुभयो । प्राप्त उपलब्धिलाई जोगाउन आर्थिक क्रान्ति गर्नुपर्नेमा नेता सिंहले जोड दिनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सिंहले नागरिकलाई सुख दिलाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नागरिकको पक्षमा काम गराउने गरी जनमत सृजना गर्न नसकेको भन्दै पार्टी नेतृत्वको पनि आलोचना गर्नुभयो । नेता सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंहले पु¥याउनु भएको योगदानको पनि चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?