भ्रमण वर्ष–२०२० स्थगित गर्ने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भ्रमण वर्ष–२०२० स्थगित गर्ने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  • कोरोना भाइसरले विश्वव्यापी रुपमा फैलिएपछि सरकारले दुई महिना अगाडि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ।
  • आइतबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।

काठमाडौं। कोरोना भाइसरले विश्वव्यापी रुपमा फैलिएपछि सरकारले दुई महिना अगाडि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।
कोरोना भइरसको संक्रमण विश्वभर फैलिएपछि र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम क्षेत्रमा राखेपछि सरकारले भ्रमण वर्षलाई स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिइन्।
सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य राख्दै सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। तर चीनबाट सुरु भएको कोरोना भाइसरले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि सरकारले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि सरकारले कोरोना भाइरस संक्रमण विरुद्ध उच्च सतर्कता अपनाउन  उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो।
शनिबार नै सरकारले विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?