‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
१६ पटक हेरिएको
Shares
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

सारांश

  • काठमाडौँ, १ जेठ , प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ ।
  • सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।
  • उहाँहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभएको टोलीमा रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

काठमाडौँ, १ जेठ , प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ ।

सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गर्नुभएको हो । उहाँहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभएको टोलीमा रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

नेकपा (एमाले) का सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरु जायज र आवश्यक भएको र आफू तराई मधेशका साथै सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?